स्कुल वन कार्यक्रम सुनझोडामा सम्पन्न

स्कुल वन कार्यक्रम सुनझोडामा सम्पन्न

पथरी, मोरङको पथरी शनिश्चरे साझेदारी वनव्यवस्थापन समुह उर्लाबारी ०३ को आयोजनामा स्कुल वन कार्यक्रम सम्पन्नभएको छ । उर्लाबारी ०२ स्थित सुनझेडा मा.वि.मा सपन्नकार्यक्रममा देशको महतवपुर्ण प्राकृतिकश्रोत वन सम्पदाको महत्व र संरक्षणको आवश्यकताका बारेमा जानकारी गराइएको छ । कार्यक्रममा कक्षा ८,९ र १० का विद्यार्थीको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममा जाँते सव डिभिजन वनकार्यालयका सहायक वन अधिकृत दिपेश कुमार मिश्रले वनको महत्व र संरक्षणका आवश्यकताका बारेमा सहजीकरण गरेका थिए । साथै वन संरक्षणमा देखापरेका चुनौतीका वारेमा पनि प्रष्ट पारेका हुन् ।

त्यस्तै पथरीशनिश्चरे साझेदारी वनका वन प्राविधिक निरज पोखरेलले साझेदारी वनले सञ्चालन गरेका कार्यक्रम र उपलब्ध गराउने वन पैदावारका विधि र प्रक्रियाको बारेमा जानकारी गराएका थिए । कार्यक्रम सुनझोडा मा. वि.का प्रधानाध्यापक कृष्ण खतिवडाको अध्यक्षता र फरेष्टर हेमसागर न्यौपानेको संचालनमा सम्पन्नभएको थियो ।

सम्बन्धित खवर