मोरङ, पूर्वका अधिकांश क्षेत्रमा मेघ गर्जन सहित पानी पर्ने सम्भावना रहेको छ । शुक्रबार मध्यान्न देखि नै छिटपुट वर्षा भइरहेको छ । विहिबार राति कैलालीमा हावा हुरीका कारण २ जनाको मृत्यु हुनुका साथै थुप्रै धनमालको क्षति भएको थियो ।
यसअधि नेपाल जल तथा मौसम पूर्वानुमान महाशाखाले हावाहुरीको सक्रियता धनुषा, सिन्धुली र सिराहा आसपासका क्षेत्रमा बढ्दै गएकाले सतर्कता अपनाउन आग्रह गरेको थियो ।
शुक्रबार मौसम पूर्वानुमान महाशाखाले ट्विटर मार्फत धनुषा, सिन्धुली, सिराहा आसपासमा मेघ गर्जन र वर्षा सुरु भएको जानकारी दिएको थियो । ट्विटमा भनिएको छ, “यतिबेला देशको धनुषा, सिन्धुलि, सिराहा आसपासमा मेघ गर्जन र वर्षा शुरु भईसकेको अवस्था छ । यो प्रणालि थप मजवुत हुंदै हावाहुरि सहित पूर्व तिर सर्ने क्रममा रहेको देखिएकोले सतर्कता अपनाउन जरुरी देखिन्छ।’