कसैले भनेको सुनेनन्, लेटाङमा चुरेको दोहन भयो

कसैले भनेको सुनेनन्, लेटाङमा चुरेको दोहन भयो

मोरङ, चुरे दोहनको विषय निकै चर्चामा आउने गरेको छ । विशेष गरेर मोरङको लेटाङ, केराबारी, मिक्लाजुङ, उर्लाबारीका क्रसरका विषयमा विवाद आउने गरेका छन् ।

पछिल्लो समय लेटाङमा चुरेको दोहन बढेको समाचारहरु आइरहेका छन् । सो क्षेत्रबाट निर्वाचित सांसद उपेन्द्र घिमिरेले लेटाङमा चुरे दोहन भइरहेको बताएका छन् । उनले भने ‘पहिलो कुरा त चुरे क्षेत्रमा उत्खनन्का काम गर्नै पाइदैन यदि गरि हालेपनि त्यहाको वन समुह र चुरेसंग समन्वय नगरी सामान उठाउन पाइदैन् । को को छन् यहाँ ? कसैलाई भन्दा हुदैँन । सारा पुलिसको डिआइजी, एसपी, वनका डिएफो सम्मलाई भन्दा पनि उल्टै कानुन, नीति बनाउने तपाइँहरु हो भनेर तर्किन्छन् । कस्लाई गुहार्ने अब ?‘

चुरेको दोहन नगरी नीति र नियममा रहेर उपभोग्य सामाग्री संकलन गर्ने हो भने यसको फाइदा पनि लिन सकिन्छ । तर यहाँ नीति नियम र त्यसको दीर्घकालिन असरको ख्याल नै नगरी धमाधम नाफामुखी काम मात्र गरेको पाइन्छ ।

यसै विषयमा लेटाङ नगरपालिका उप–प्रमुख कृष्ण कुमारी निरौलाले पनि चुरेको दोहन रोक्न मुस्कील परेको बताइन् । ‘चुरे दोहन रोक्नुपर्छ भन्ने हाम्रो पनि माग हो । यसलाई नियन्त्रण गर्न नसके पैनी, नहर, खानेपानीका मुहान सबै सुुख्खा हुन्छन् । यसले भविष्यमा ठुलो असर गर्छ‘ निरौलाले बताइन् ।

सम्बन्धित खवर