हावाहुरी अपडेट ः कैलालीमा हावाहुरीको कारण ज्यान गुमाउनेको संख्या दुई पुग्यो, ७० वढी घाइते

हावाहुरी अपडेट ः कैलालीमा हावाहुरीको कारण ज्यान गुमाउनेको संख्या दुई पुग्यो, ७० वढी घाइते

कैलालीमा हावाहुरीका कारण ज्यान गुमाउनेको संख्या २ पुगेको छ । ७० जनाभन्दा वढी घाइते भएका छन् ।

बिहीबार बेलुकी हावाहुरी चलेपछि टिकापुर नगरपालिका–२ राजीपुरमा मोटरसाइकल अनियन्त्रित भएर टिप्परसँग ठोक्किँदा मोटरसाइकल चालक स्थानीय वीरबहादुर चौधरीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

यस्तै त्यही ठाउँमा हुरीबतासले पर्खाल भत्काउँदा पोल्ट्रिफार्म सञ्चालन गरेर बसेका ४७ वर्षका लाहानु दवैराको ज्यान गएको छ । भत्किएको पर्खालले लागेर घाइते भएका दवैराको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।

घाइते धेरै जना सामान्य उपचारपछि घर फर्किएका छन् ।
उज्यालो अनलाइनको सहयोगमा

सम्बन्धित खवर