नेतृत्व बिकास तालिम सम्पन्न

नेतृत्व बिकास तालिम सम्पन्न

तिलक नेपाली, उर्लाबारी

उर्लाबारी नगरपालिका वडा नं. ३ मा दलितका लागि नेतृत्व बिकास तथा क्षमता अभिबृद्धि सम्बन्धी दुई दिने तालिम बिहीबार सम्पन्न भएको छ ।

उर्लाबारी नगरपालिकाको सहयोग, वडा नं. ३ को समन्वय र दलित सेवा संघ उर्लाबारी ३ को आयोजनामा भएको तालिमको समापन कार्यक्रममा बोल्दै उर्लाबारी नगरपालिका उपप्रमुख लक्ष्मीदेवि भण्डारीले लिंग र जातिका आधारमा कसैलाई भेदभाव गर्न नहुने बताएकी छन् । उनले आफूलाई तत्लो जातको भनेर आफैं अपहेलित नहुन र हामीपनि सवै जाति बराबर सक्षम छौं र हुन सक्छौ भन्ने अभिप्रायका साथ अगाडि बढ्न आग्रह गरेकी छन् । अव अधिकारको लडाई सकिएको बताउँदै उनले अव समृद्धिको लडाई लड्न आग्रह गरेकी छन् ।

सहभागीलाई २ दिनसम्म रिडेफ नेपाल बिराटनगर अध्यक्ष उमेश बिश्वकर्मा र मदन भण्डारी प्रतिष्ठानका सामाजिक बिकास अधिकृत रुद्र बहादुर तामाङले प्रशिक्षण गरेको उर्लाबारी नगरपालीका वडा नं. ३ का वडा सदस्य सम्झना महतले बताएकी छन् ।

उर्लाबारी —३ को रिमझिम होटलको सभाहलमा भएको तालिम समापन सँगै दलित सेवा संघ उर्लाबारी ३ को पुनः गठन भएको छ । कृष्णकुमारी विश्वकर्माको अध्यक्षतामा १३ सदस्य समिति सर्वसम्मत चयन भएको छ ।

समितिको उपाध्यक्षमा सीता सुन्चौरी, सचिवमा पार्वती सुनार, सहसचिवमा फुलमाया विक, कोषाध्यक्षमा बीमला सुन्दास रहेका छन् । त्यस्तै सदस्यहरुमा लक्ष्मी बिश्वकर्मा, कविता बिश्वकर्मा, सञ्जु सुन्दास, सुनिता चाहार, टीका बिक, रत्न कुमारी बिक, कमला चाहार र फुलमाया बिक चुनिएका हुन् ।

नवनिर्वाचित समितिका पदाधिकारीहरुलाई वडा नं. ३ का वडाध्यक्ष गञ्जबहादुर कार्की र वडा सदस्य तुलसा देबी घिमिरे ले सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।

सम्बन्धित खवर