कदमाहमा मोटरसाईकल दुर्घटनाहुदाँ ३ जना घाइते

कदमाहमा मोटरसाईकल दुर्घटनाहुदाँ ३ जना घाइते

मोरङ–मोरङको धनपालथान गाउँपालिका ६ कदमाहमा मोटरसाईकल दुर्घटनामा परि ३ जना घाइते भएका छन् ।

रंगेली विराटनगर सडक खण्डमा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको मे ४ प ७४१ नम्बरको मोटरसईकलले बाटो काट्ने क्रममा सोही स्थान बस्ने दशरथ साहको छोरा वर्ष १० को अंकित साहलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाईकल चालक रतुवामाई नगरपालिका २ झुर्किया बस्ने वर्ष ३६को रितलाल राजवंशी र पछाडी सवार वर्ष २८ की याद कुमारी राजवंशी घाइते भएका हुन् । घाइते तिनै जनालाई उपचारको लागि गोल्डेन अस्पताल विराटनगर पठाईएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

सम्बन्धित खवर