दमकमा केन्द्रीय कार्यालय रहेको कन्काई विकास बैक प्राइम बैंकमा गाभिने

दमकमा केन्द्रीय कार्यालय रहेको कन्काई विकास बैक प्राइम बैंकमा गाभिने

झापा–प्राइम कमर्सियल बैंकमा कन्काई विकास बैंक विलय हुने भएको छ। काठमाडौं कमलपोखरीमा केन्द्रीय कार्यालय रहेको प्राइमले झापाको दमकमा केन्द्रीय कार्यालय रहेको कन्काईलाई एक्वीजिसन गरेको हो। एक्वीजिसन सम्वन्धी सहमतिपत्रमा बुधबार बैंकका अध्यक्ष उदयमोहन श्रेष्ठ र कन्काईका अध्यक्ष सेवक दाहालले हस्ताक्षर गरे।

यसअघि प्राइमले ओमलाई आफूमा गाभ्ने प्रक्रिया रद्द भएपछि नियामक राष्ट्र बैंकले अर्को कुनै संस्थासँग मर्ज वा एक्वीजिसनमा जान बाध्य पारेको थियो। ओमले भने यसअघि एनएमबिमा बिलय हुने सहमति गरिसकेको छ।

एक्वीजिसन पश्चात प्राइम कमर्सियल बैंकको कुल शाखा संख्या ८९ पुग्नेछ। हाल प्राइमको चुक्ता पुँजी ८ अर्ब ३ करोड छ। चैत मसान्तसम्म बैंकले १ अर्ब ५४ करोड खुद नाफा कमाएको छ। कन्काईको ५१ करोड चुक्ता पुँजी छ भने चैत मसान्तसम्म ४ करोड ४० लाख खुद नाफा कमाएको छ।

कृषि क्षेत्रमा वित्तीय स्रोतको पहुँच वृद्धि, ग्रामीण क्षेत्रमा रोजगारी सिर्जनाको साथै सुदृढ र सवल बैंकको रुपमा स्तरोन्नति गर्ने उद्देश्यले राष्ट्र बैंकले मर्ज तथा एक्वीजिसनका लागि जोड दिँदै आएको छ।

सम्बन्धित खवर