वातावरण दिवसमा सुन्दरहरैँचा सरसफाई

वातावरण दिवसमा सुन्दरहरैँचा सरसफाई

पथरी, विश्व वातावरण दिवशको अवसरमा देशैभर विभिन्न कार्यक्रम गरेर मनाइदै छ । यसैक्रममा मोरङको सुन्दरहरैँचामा पनि विभिन्न संघसंस्थाहरुले सरसफाइ कार्यक्रम गरेर मनाएका छन् ।

चौविसे समाज सुन्दरहरैँचाको मुख्य आयोजनामा भएको कार्यक्रममा नगरमा रहेका अन्य संघसंस्थाहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रममा सिद्धार्थ र बाल प्रतिभा इङ्लिस बोर्डिङ स्कुलले खोर्साने चोकका लागि गमला र फूल सौजन्य गरे । सो सरसफाई अभियान खोर्साने चोक देखि सलकपुर सम्म चलेको हो ।

सम्बन्धित खवर