इटहरीमा सञ्चारकर्मीको नाक भाच्ने धम्की, धरानमा आक्रमण

इटहरीमा सञ्चारकर्मीको नाक भाच्ने धम्की, धरानमा आक्रमण

मोरङ, पछिल्लो समय सञ्चारर्मीहरु माथि निरन्तर प्रहार हुदैँ आएको छ । इटहरीमा पत्रकार र जनप्रतिनिधिहरुको टकराव चलिरहेको छ । इटहरीका मेयर द्वारिकलाल चौधरीले पत्रकार विराट अनुपमलाइ नाकको डाडी भाँचिदिने धम्कि दिएको कुरा अहिले जताततै भाइरल भएको छ । चौधरीले धम्की दिएको २४ घण्टा वित्न नपाउँदै धरानका सञ्चारकर्मी दिलबहादुर राईमाथि कार्याकक्षमा नै आक्रमण भएको छ ।

धरान–१२ चतरालाइनस्थित कार्यालयमा आएका फूर्वा शेर्पाले उनीमाथी मंगलबार राती आक्रमण गरेका हुन् । शेर्पालाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरिसकेको छ । शेर्पाले आफूलाई पनि ढुङ्गाले हानेका कारण ढुङ्गा प्रहार गरेको प्रहरीलाई बयान दिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले बताए ।

आक्रमण गर्नुपर्ने स्पष्ट कारण हालसम्म खुल्न सकेको छैन । राईको टाउकोमा चोट लागेको छ । उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

सम्बन्धित खवर