पथरीशनिश्चरेको वडा वडामा खुसीको खबर

पथरीशनिश्चरेको वडा वडामा खुसीको खबर

पथरी, मोरङको पथरी शनिश्चरे नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नगरको प्रत्येक वडामा वडामा १ करोडको दरले बजेट सिलिङ निर्धारण गरेको छ ।

नगर प्रमुख दिलिपकुमार राईको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले १० वटा वडाका लागि १,१ करोडको बजेट सिलिङ निर्धारण गरेको प्रवक्ता यामप्रसाद गुरागाईंले जनाउनु भयो । उहाँले नगर योजना तयारीका लागि वडा वडाको तथा विषयगत समितिको वैठक सुरु गरिएको पनि उल्लेख गर्नुभयो ।

सम्बन्धित खवर