अध्यक्षमा दाहाल

अध्यक्षमा दाहाल

तिलक नेपाली, उर्लाबारी

युवा जागरण नेपालको आयोजना तथा उर्लाबारी नगरपालीकाको सहयोग र वडा नं. २ को समन्वयमा मंगलबार मनिष दाहालको अध्यक्षतामा १५ सदस्यीय वडा स्तरीय बाल क्ल्ब संजाल गठन भएको छ।

मोरङको उर्लाबारी नगरपालिका वडा नं २ सरस्वती आधारभूत बिधालयको शभाहलमा भएको कार्यक्रमबाट उपाध्यक्षमा पुर्णिमा गौतम, सचिबमा आयुष आचार्य, सह–सचिबमा राहुल मगर, कोषाध्यक्षमा रोजी माँझी सदस्यहरुमा कृतिका निरौला, बर्षा धिमाल, बिनिता राई, बुद्द लिम्बु, जेनिशा ढकाल, निशान तामाङ, आँचल गिरी, पवन मगर, सौगात कटुवाल र एलिसा धिमाल सर्बसम्मत चयन भएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि उर्लाबारी नगरपालिका वडा नं. २ का वडाअध्यक्ष राजन कुमार कँडेलले शुभकामना दिनु हुदै वडा न. २ लाई बालमैत्री सहित नमुना वाड बनाउने उद्धोष गर्नुभएको छ । गत बर्ष र यस बर्ष पनि बालबालिकाको संजाल गठन, तालिम र अन्तरक्रिया कार्यक्रमका लागि आवश्यक बजेट बिनियोजन गरिएको बताउनु भयो ।

कार्यक्रममा सरस्वती आधारभूत बिधालयका प्रधानध्यापक भिम बहादुर कटुवाल र वडा सदस्य बानु सुब्बाले नबनिर्बाचित वडा बाल संजाललाई सफल कार्यकालको शुभकामना सहित सकृय भएर अघि बढन सुझाब समेत दिनुभयो ।

उर्लाबारी वडा न. २ को ४ वटा सामुदायिक बिधालय र १ वटा निजी बिधालय शिक्षक प्रतिनिधी र बाल क्लबका प्रतिनिधी सहित ५३ जनाको उपस्थिती रहेको उक्त कार्यक्रममा युवा जागरण नेपालको अध्यक्ष अर्जुन बास्तोलाको सहजीकरणमा सम्पन्न भएको थियो ।


सम्बन्धित खवर