जंगली जनावरको छाला र जडिबुटी सहित कर्मलामा पक्राउ

जंगली जनावरको छाला र जडिबुटी सहित कर्मलामा पक्राउ

संखुवासभा–संखुवासभाको मकालु गाउँपालिका ३ बाट बिभिन्न किसिमका जंगली जनावरको छाला लगायतका जडिबुटी सहित १ जना पक्राउ परेको छन् । सोमवार अपरान्ह साढे ५ बजेको समयमा नेपाली सेना,नेपाल प्रहरी तथा मकालु बरुण राष्ट्रिय निकुन्जको संयुक्त चेकीङ टोलीले को १ ज ३५१६ नम्बरको बलेरो गाडिलाई चेकजाँच गर्ने क्रममा भोटखोला गाउँपालिका २ गुम्बा बस्ने बर्ष ५० को कर्मलामा भोटेलाई पक्राउ गरेको हो ।

प्रहरीले उक्त गाडीबाट बाघको पन्जा १ थान, दाह्रा ४ थान, हड्डीको टुक्रा २० थान, बारुद जस्तो देखिने गन्धक १५ ग्राम, चाईनिज पेस्तोलको गोली १ थान,रक्त चन्दन जस्तो देखिने काठको टुक्रा १ थान (२५ ग्राम),जंगली जनावर थारको रौ सहितको छालाको टुक्रा , एक कालो ढुङगा ३०० ग्राम, फलामको टुक्रा २०० ग्राम,सर्पको छाला २ थानलगायत अन्य जडिबुटीहरु बरामद गरेको हो । बरामद सामान सहित भोटेलाई आवश्यक कानूनी कारवाहीको लागि मकालु बरुण राष्ट्रिय निकुन्जमा राखि थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित खवर