खोटाङ–केपिलासगढी गाउँपालिकामा सडकमाथिबाट खसेको ढुंगाले लागेर एकजनाको ज्यान गएको छ । एकजना घाइते भएका छन् ।
ढुंगाले लागेर केपिलासगढी गाउँपालिका–६ का चन्द्रबहादुर विकको ज्यान गएको दिप्सुङ स्वास्थ्यचौकीका अहेव रामविनयप्रसाद गुप्ताले जानकारी दिए । ढुंगाले लागेर २० वर्षका प्रेम तामाङ घाइते भएका छन् ।
ढुंगा खसेको ठाउँमा घाँस काटिरहेका तीन चार जनाले भने भागेर ज्यान जोगाउन सफल भएका गुप्ताले जानकारी दिए ।