एक घण्टा लगाएर जवाफ दिए प्रमुख फागोले

एक घण्टा लगाएर जवाफ दिए प्रमुख फागोले

हरि कोइराला, उर्लाबारी
सार्वजनिक सरोकारका कार्यलय र संघ संस्थाबाट हुने सेवा प्रवाहका सम्बन्धमा उर्लाबारी नगरपालिकाले सोमबार आयोजना गरेको सार्वजनिक सुनुवाइृका क्रममा उठेका जिज्ञाषाको नगर प्रमुख खड्गबहादुर फागोले १ घण्टा लगाएर जवाफ दिनु भएको छ ।

स्थानीय उर्लाबारी पार्टी प्यालेसमा भएको सार्वजनिक सुनुवाइमा सेवाग्राहीहरूले नगरबाट दिइने सेवा प्रभावकारी नभएको ,भ्रष्टाचार भएको, खोला टेण्डर लगाउँदा कम मूल्यको टेण्डर सकारेको आरोप लगाएका थिए । दिउँसो १ बजे सुरु भएको कार्यक्रममा राजेन्द्र पौडेले प्रश्न गर्दै भन्नुभयो–‘मापदण्ढ नपुगेका सडकलाई स्तारोन्नति गरिएको छ । ४ लाखमा टेण्डर हाल्छु भन्नेलाई रोकेर ३ लाख ५६ हजार रुपियाँको निवेदन स्वीकृत भएको छ । उहाँले प्रमुख प्रशासकीय अधिकृत शम्भुप्रसाद भट्टराईलाई मासिक १ लाख दिएर सरकारी आवास दिइएको भन्दै त्यस विषयमा नगर प्रमुख सँग जवाफ माग्नु भएको थियो । यस्तै उर्लाबारी ७ का यमलाल रसाइलीले उर्लाबारीमा भूस्याहा कुकुरको आतङ्क नियन्त्रण गर्न नगर प्रमुख फागोको ध्यानाकर्षण गराउनु भयो । रसाइलीले दलितका लागि विनियोजित लक्षित वर्गका कार्यक्रम प्रभावकारी नभएकोले ति कार्यक्रम सीपमा आधारित बनाउन सुझाउनु भयो । रसाइलीले बजारमा साइकलमा सामान बोकेर हिड्नेृ ब्यापारीलाई करको दायरा ल्याउन माग गर्नुभयो ।

उर्लाबारी ५ का ललित अधिकारीले नगर प्रमुखले मिक्लु र सोल्टी खोला सोझ्याउने क्रममा भ्रष्टाचार गरेको भनी समाचार आएपछि नागरिक स्तरबाट गठित छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभयो । भ्रष्टाचार भएको हो भने तत्काल कारबाही गर्न र भ्रष्टाचार नभई आरोप मात्र लगाएको हो समितिले भ्रष्टाचार नभएको स्पष्ट पार्न अधिकारीले माग गर्नुभयो ।

उर्लाबारी ४ का पवन भट्टराईले उर्लाबारी मै आन्तरिक पर्यटक आकर्षित गर्ने एउटा वाल उद्यान गर्नुपर्ने सुझाव दिनुभयोृ ।
सार्वजनिक सुनुवाईमा सीता कार्की , शोभा चेम्जोङ९पालुङ०जीवराज जम्मरकट्टेल,छविलाल चिमोेरिया,केदार रिजाल, भीष्मा रेग्मी,रेनुका भट्टराई भीमबहादुर राउत लगायतले नगर प्रमुख फागो ,उप प्रमुख लक्ष्मी देवी भण्डारी,प्रमुख प्रशासकीय अधिकृत शम्भुप्रसाद भट्टराई,७ वटै वडाका वडाध्यक्ष मंगलबारे अस्पताल, उर्लाबारी खानेपानी उपभोक्ता समिति,नेपाल विद्युत प्राधिकरण, इलाका प्रहरी कार्यालय र उद्योग वाणिज्य संघ उर्लाबारीका प्रमुखलाई प्रश्न गर्नुभएको थियो ।

सुनुवाईका क्रममा उठेका प्रश्नको जवाफ दिँदै नगर प्रमुख फागोले म्याद गुज्रेपछि १० करोड रुपियाँ हाल्छु भन्दै खोलाको टेण्डर माग्यो भने के जवाफ दिनु भन्दै प्रति प्रश्न गर्नुभयो । उहाँले आफूलाई असफल बनाउन ४ करोड हाल्छु भन्दै म्याद सकिएपछि आउँदा उसले टेण्डर पाउँदैन ।फागोले प्रमुख प्रशासकीय अधिकृत भट्टराई माथि जथाभावि आरोप नलगाउन आग्रह गर्नुभयो । चेकमा हस्ताक्षर गर्न त सोध्ने अधिकृतलाई मासिक १ लाख रुपियाँ नदिएको स्पष्ट पार्दै पहिले कुरा बुझेर मात्र प्रश्न गर्न उहाँले सुझाउनु भयो ।

मिक्लुखोला र सोल्टी खोला च्यानलाइज गर्ने क्रममा भएको आरोप लागे पनि अझै पुष्टि नभएको बताउँदै उहाँले नागरिक स्तरबाट छानविन समिति गठन गरेर समितिको प्रतिवेदन सार्वजनिक नहुँदा सबै चुप चाप किन लागेका रुउहाँले प्रतिवेदन लुकाउनु नै रहस्यमय भएको उल्लेख गर्नुभयो ।

मेयर फागोले ससर्त अनुदानको रकम जुन शीर्षकमा संघीय सरकार र प्रदेश सरकारले पठाएको छ । सोही शीर्षकमा खर्च हुने बताउनु भयो । मर्मत समहारको खर्च १ करोड भएको बताउँदै उहाँले सबै खर्चको फेहरिस्त सुनाउनु भयो । उहाँले भन्नुभयो–‘नगरबासीको करले जम्मा भएको पैसाको हिसाव खोज्न्ने सबै नगरबासीको अधिकार छ ।’

मेयर फागोले कृषि विकास ,पशु पंक्षी शाखा, शिक्षा, पूर्वाधार विकास,सामाजिक विकास, तालिम, सामाजिक सुरक्षा लगायतका विषयमा सम्पूर्ण प्रगती विवरण प्रस्तुत गर्नु भएको थियो ।

सुनुवाईका क्रममा उठेका प्रश्नको जवाफ वार्ड अध्यक्षहरू मछिन्द्रकुमार कार्की, कुमार कँडेल, गञ्जबहादुर कार्की,भानुभक्त शर्मा पराजुली,चिन्तामणि पौडेल र बीरबल थापाले दिनुभएको थियो ।

यस्तै मंगलबारे अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन डा। एलिना तण्डुकार,उर्लाबारी उद्योग बाणिज्य संघका अध्यक्ष प्रितम खड्गी,नेपाल विदुत प्राधिकरण उर्लाबारी वितरण केन्द्रका प्रमुख शिवराम यादव,इलाका प्रहरी कार्यलयका उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिम्सिना र उर्लाबारी खानेपानी तथा सर सफाई उपभोक्ता समितिका अध्यक्ष भूपाल जिमीले विषयगत प्रश्नको जवाफ दिनु भएको थियो ।


सम्बन्धित खवर