झापामा आगलागी बाट ५ लाख बराबरको क्षति

झापामा आगलागी बाट ५ लाख बराबरको क्षति

झापा–झापाको अर्जुनधारा नगरपालिका ८ बस्ने गोपी पोर्तेलको घरमा आगलागी हुँदा अन्दाजी ५ लाख मूल्य बराबरको क्षति भएको छ । हिजो राती साढे ८ बजे पोर्तेलको टिनको छानो भएको १ तले घरको भान्छा कोठामा खाना पकाउने क्रममा ग्याँस लिक भई आगलागी हुँदा घर सहित घर भित्र रहेको सम्पूर्ण सामान जलेर नष्ट हुँदा उक्त मूल्य बराबरको क्षति भएको हो ।

उक्त आगलागी दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा राती ९ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

सम्बन्धित खवर