मोरङको पहिलो लिम्बुभाषा पढाइ हुने विद्यालय चन्द्र किरातेश्वर

मोरङको पहिलो लिम्बुभाषा पढाइ हुने विद्यालय चन्द्र किरातेश्वर

पथरी, चन्द्रकिरातेश्वर माध्यमिक विद्यालय पथरीशनिश्चरे–७ ले लिम्बु भाषामा कक्षा ६ पनि सुरु गरेको छ । मोरङमा लिम्बु भाषामा कक्षा संचालन गर्ने पहिलो विद्यालय हो चन्द्र किरातेश्वर, लिम्बु विद्यार्थीहरुको साझा संस्था लिम्बु विद्यार्थी मञ्चको पहलमा मातृभाषामा पठनपाठन सुरु भएको हो ।

आइतबार नगर प्रमुख दिलिपकुमार राईले विद्यार्थीहरुलाई लिम्बु भाषाको पाठ्यपुस्तक वितरण गरेका छन् । राईले मातृभाषामा पठनपाठनको लागि स्थानीय सरकारले सक्दो सहयोग गर्ने बताए । २०६८ सालदेखि चन्द्र किरातेश्वरमा लिम्बु भाषाको अध्ययन अध्यापन सुरु गरेको विद्यालयका प्रधानाध्यापक हर्कजंग जिमीले जानकारी दिए । उनका अनुसार निजी स्रोतबाट मातृभाषा शिक्षक पूर्ण चेम्जोङले अध्ययन अध्यापन गराइरहेका छन् ।

विद्यालले लिम्बु भाषाको पुस्तक उपलब्ध नभएपछि श्री ५ को सरकारको पालाकै पाठ्यपुस्तक अध्ययन अध्यापन गर्दै आएको थियो । मञ्चका अध्यक्ष फिपराज बेघाले विद्यालयले पाठ्यपुस्तकको माग गरेपछि संस्थाले कक्षा १ देखि कक्षा ६ सम्म खरिद गरेर विद्यार्थीहरुलाई वितरण गरेको जानकारी दिए । पुस्तक लिम्बु विद्यार्थी मञ्च जिल्ला शाखा समिति मोरङले खरिद गरेको थियो । अहिले लिम्बु भाषामा कक्षा १२ सम्मको अध्ययन हुदै आएको छ ।

सम्बन्धित खवर