कानेपोखरीमा पिकअप दुर्घटना हुदाँ १ को मृत्यु

कानेपोखरीमा पिकअप दुर्घटना हुदाँ १ को मृत्यु

कानेपोखरी–पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका ७ मा बिहीवार सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ । बेलुका पौने ८ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ च ९८५५ नम्बरको पिकअप भ्यानले सडकको छेउमा टायर पम्चर भई रोकेर राखेको ना ५ ख. ४४९९ नम्बरको ट्रकलाई पछाडीबाट ठक्कर दिएको थियो ।

दुर्घटनामा पिकअपका सह–चालक पथरी शनिश्चरे नगरपालिका १० बस्ने बर्ष ३४ को ओम कुमार बि.क. घाइते भई उपचारको लागि बिराट नर्सिङहोम बिराटनगर पठाईएकोमा उपचारको क्रममा राती ०९ः२० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । पिकअपका चालक फरार रहेकोले खोजी कार्य भईरहेको छ भने ट्रक, चालक र पिकअपलाई प्रहरीको नियन्त्रणमा राखिएको छ ।

सम्बन्धित खवर