धरानमा प्रतिष्ठानका इन्टर्न विद्यार्थीहरु आन्दोलित, ६ दिनदेखि काम छोडेरै धर्नामा

धरानमा प्रतिष्ठानका इन्टर्न विद्यार्थीहरु आन्दोलित, ६ दिनदेखि काम छोडेरै धर्नामा

धरान–धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका इन्टर्न विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । महंगीसंगै इन्टर्नको सेवा सुविधामा वृद्धि नगरेको भन्दै उनीहरु ६ दिनदेखि काम छोडेरै धर्नामा बसेका छन् । विगतमा भएका सहमतिमा समेत प्रतिष्ठान प्रशासन गम्भीर नभएको उनीहरुको आरोप छ । प्रतिष्ठानका उपकुलपतिको कार्यालय अगाडि व्यानरसहित धर्नामा बसेका उनीहरुले समय सुहाउदो सेवा सुविधामा समेत वृद्धि गर्नुपर्ने माग राखेका छन् ।

६ महिना अगाडि पनि सेवा सुविधाको विषयलाई लिएर थालिएको आन्दोलनपश्चात समिति गठन पछि सहमति भएको थियो । सोही समितिले नेपाल सरकारको आठौ तहको कर्मचारीको आधा तलब बराबर इन्टर्न विद्यार्थीहरुलाई सेवा सुविधा प्रदान गर्ने भनिए पनि त्यो समेत नदिएको इन्टर्न संघर्ष समितिका संयोजक डा. सञ्जय बरालले बताए ।

उनले आठौ तहको कर्मचारीको आधा हुदा पनि १७ हजार तलब हुनुपर्ने भएपनि अहिले प्रतिष्ठानले ११ हजार्मात्र उपलब्ध गराएको बताए । यसैबीच प्रतिष्ठानले १५ हजार सेवा सुविधा पु¥याउने निर्णयमा समेत उनीहरु सन्तुष्ट छैनन् । उनीहरुले निरन्तर आन्दोलनलाई जारी राखेका छन् । प्रतिष्ठानमा इन्टर्न विद्यार्थीको सख्या १ सय ५० रहेको छ । अहिले भने समय सापेक्ष १९ हजार सेवा सुविधाको माग गरेका छन् ।

सम्बन्धित खवर