एजेन्सी – घरेलु टोली इंग्ल्यान्डले एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । बिहीबार राती उद्धघाटन खेलमा दक्षिण अफ्रिकालाई १ सय ४ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
घरेलु टोली इंग्ल्यान्डले प्रस्तुत गरेको ३ सय १२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ३९.५ ओभरमा २ सय ७ रन बनाउन सबै विकेट गुमायो । दक्षिण अफ्रिका लागि ओपनर क्विन्टन डी ककले सर्वा्धिक ६८ रनको योगदान दिए । २३ औं ओभरको अन्तिम बलमा ठूलो शट खेल्ने धुनमा जो रुटले क्याच लिएपछि पेभिलिएन फर्किनु अघि उनले ७४ बलमा ६ चौका र २ छक्का प्रहार गरे । रस्सी भान डर डुसेनलाई जोफ्रा आर्चरले ५० रनमा क्याच आउट गराए ।
३२ औं ओभरको पाँचौ बलमा आर्चरले मोइन अलीबाट क्याच गराउनु अघि डुसेनले ६१ बलमा ४ चौका र १ छक्का प्रहार गरे । दक्षिण अफ्रिकाले पहिलो विकेटका रुपमा एडेन मार्करामलाई ८ औं ओभरको चौथो बलमा ११ रनमा गुमाएको थियो । उनलाई आर्चरले जो रुटबाट क्याच गराए । आर्चरलेनै १० औं ओभरको तेस्रो बलमा कप्तान फाफ डु प्लेसिसाई मोइन अलीबाट ५ रनमा आउट गरेपछि अफ्रिका सुरुवातमै दबाबमा परेको थियो ।
२६ ओभरको पाँचौ बलमा मोइन अलीले जेपी ड्युमिनीलाई ८ रनमा बेन स्टोक्सबाट क्याच गराउदै पेभिलिएन फर्काए । लगतै तीन बलपछि ड्वेन प्रिटोरिसय १ रनमा रन आउट हुन पुगे । ३५ ओभरको पहिलो बलमा आदिल राशिदले एन्डिले फेलुक्वायोलाई बेन स्टोक्सबाट एक हाते उत्कृष्ट क्याच गराउँदै २४ रनमा पेभिलिएन फर्काएपछि अफ्रिकाको जित सम्भावना लगभग सकिएको थियो । लुन्गी निडी ६, कागिसो रबाडा ११ र हसिम अमलाले १३ रनमा आउट भए ।
इंग्ल्यान्डलाई सहज जित दिलाउन तीब्र गतिका युवा खेलाडी जोफ्रा आर्चरले ७ ओभरमा १ मेडन सहित २७ रन खर्चेर ३ विकेट लिए । त्यस्तै लियाम प्लन्केट र बेन स्टोक्सको नाममा समान २ विकेट रह्यो । मोइन अली र आदिल राशीदले पनि समान १ विकेट लिए ।
त्यसअघि ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको इंग्ल्यान्डले निर्धा्रित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय ११ रन बनायो । इंग्ल्यान्डका लागि मध्यक्रमका बेन स्टोक्सले ८९ रनको महत्वपूर्ण योगदान दिए । ४९ औं ओभरको अन्तिम बलमा लुन्गी एन्गीडीले हासिम अमलाबाट क्याच गराएपछि शतक बनाउन चुकेका उनले ७९ बलको सामना गर्दै ९ चौका प्रहार गरे ।
इंग्ल्यान्डले पहिलो ओभरको दोस्रो बलमै ओपनर जोनी बेयरस्टोलाई शून्यमा गुमाएको थियो । ओपनर जोसन रोयले ५३ बलमा ८ चौका सहित ५४ रन जोडे । रोयलाई १९ ओभरको चौथो बलमा एन्डिले फेलुक्वायोले कप्तान फाप डु प्लेसिसबाट क्याच गराउँदै पेभिलिएन फर्काए । लगतै २० ओभरको पहिलो बलमा कागिसो रबाडाले जेपी ड्यूमिनीबाट क्याच गराउँदै जो रुटलाई ५१ रनमा आउट गरे । रुटले ५९ बलमा ५ चौका प्रहार गरे ।
रुट र रोयले दोस्रो विकेटका लागि १ सय ६ रनको शतीकय साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । रुट र रोय आउट भएपछि दवावमा परेको इंग्ल्यान्डलाई चौथो विकेटका लागि कप्तान इओन मोर्गन र बेन स्टोक्सले पनि १ सय ६ रनको साझेदारी गर्दै दक्षिण अफ्रिका बलरलाई दबावमा राखे । यी दुईबीचको साझेदारी तोड्ने क्रममा ३७ ओभरको पाँचौ बलमा इमरान ताहिरको बलमा ठूलो शट खेल्ने धुनमा मोर्गनलाई एडेन मार्करामले ५७ रनमा क्याच आउट गराए ।
मोर्गनले ६० बलमा ४ चौका र ३ छक्का प्रहार गरे । ४२ ओभरको दोस्रो बलमा लुन्गी निडीले जस बटलरलाई १८ रनमा बोल्ड आउट गरे । ४४ ओभरको अन्तिम बलमा निडीलेनै मोईन अलीलाई फाफ डु प्लेसिसबाट बाउन्ड्रीलाईन नजिकै उत्कृष्ट क्याच गराउँदै ३ रनमा पेभिलिएन फकाए । ४८ ओभरको तेस्रो बलमा क्रिस वोक्स ठूलो शट खेल्ने धुनमा १३ रनमा क्याच आउट भए । लियाम प्लन्केट ९ र जोफ्रा आर्चर ७ रनमा अविजित रहे ।
दक्षिण अफ्रिकाका लागि लुन्गी निडीले १० ओभरमा ६६ रन खर्चेर ३ विकेट लिए । कागिसो रबाडा र इमरान ताहिरको नाममा समान २ विकेट रह्यो । त्यस्तै एन्डिले फेलुक्वायोले १ विकेट लिए