चेल्सीे युरोपा लिग फुटबल च्याम्पियन, इडन हार्जडको लागी अन्तिम खेल र अन्तिम उपाधि

चेल्सीे युरोपा लिग फुटबल च्याम्पियन, इडन हार्जडको लागी अन्तिम खेल र अन्तिम उपाधि

एजेन्सी–युुरोपा लिग फुटबलको उपाधि चेल्सीले जितेको छ । बुधबार राति अजरबैजानको बाकुमा भएको फाइनलमा आर्सनललाई ४–१ गोल अन्तरले परािजत गर्दै चेल्सीले उपाधि जितेको हो । चेल्सीको जितमा इडन हार्जडले व्यक्तिगत दुई गोल गरेका थिए । ओलिभर जेरुड र पेड्रो रोड्रीगेजले एक एक गोल गरे । आर्सनलका एलेक्स इओबीले एक गोल फर्काए । पहिलो हाफ गोलरहित बराबरी खेलको चेल्सीले सबै गोल दोस्रो हाफमा गरेको थियो ।

४९ औं मिनेटमा जिरुडले गोल गर्दै चेल्सीलाई अग्रता १–० को अग्रता दिलाएका थिए । ६० औं मिनेटमा पेड्रोले गोल थपेपछि आर्सनल २–० ले पछि परेको थियो । ६५ औं मिनेटमा हजार्डले पेनाल्टीमा गोल गर्दै चेल्सीको अग्रता ३–० को बनाए ।६९ औं मिनेटमा इओबीले गोल गर्दा आर्सनलले खेल ३–१ को स्थितिमा ल्यायो । तर, ७२ औं मिनेटमा हजार्डले फेरि पेनाल्टीमै व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई ४–१ को जित दिलाए ।


रेफ्रीले फाइनल ह्वीसिल बजाए लगत्तै हजार्डले समर्थकमाझ ‘गुड बाई चेल्सी’ भनेका छन् । ‘मेरो विचारमा चेल्सीका लागि यो नै मेरो अन्तिम खेल र अन्तिम उपाधि हुनेछ । तर, मैले फुटबल छाड्न लागेको हैन । मलाई अर्काे चुनौती छ । म नयाँ चुनौती सामना गर्न तयार छु ।’ हजार्डले खेल लगत्तै भने, ‘मैले मेरो निर्णयको बारेमा दुई साताअघि नै भनेका थिए । अब यो चेल्सी (दुवै क्लब) मा निहित छ । म अन्तिम प्रतीक्षामा छु । यसबारे केही दिनमा नै थाहा हुनेछ । ’

स्रोतका अनुसार हजार्डलाई अनुबन्ध गर्न चेल्सी र स्पेनिस क्लब रियल म्याड्रिडबीच ११५ मिलियन पाउन्डमा सहमत भएको बुझिएको छ । यसबारे दुवै क्लबले छिट्टै घोषणा गर्नेछन् ।सन् २०१२ मा फ्रेन्च क्लब लिलेबाट चेल्सी आएका २८ वर्षीय हजार्डले चेल्सीमा २४५ खेल खेल्दै ८५ गोल गरेका छन् । चेल्सीमा रहँदा हजार्डले २०१४–१५ र २०१६–१७ मा इंग्लिस प्रिमियर लिग, २०१७–१८ मा एफए कप, २०१४–१५ मा लिग र २०१२–१३ र २०१८–१९ मा युरोपा लिग जित्न सफल भएका थिए ।

सम्बन्धित खवर