कर्ण लिम्बूको २ गोलले देउमाई नगरपालिका फाइनलमा प्रवेश

कर्ण लिम्बूको २ गोलले देउमाई नगरपालिका फाइनलमा प्रवेश

इलाम–अतिरिक्त खेलाडी कर्ण लिम्बू चम्किएपछि करफोकमा जारी दोश्रो मेयरकप आमन्त्रण फुटबल प्रतियोगितामा देउमाई नगरपालिका फाइनल प्रवेश गरेको छ। देउमाई नगरपालिकाले शिवसतासी नगरपालिकालाई ४–२ गोल अन्तरले पराजित ग¥यो।

देउमाईको लागि अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका कर्णले ७ मिनेटको अवधीमा २ गोल गरेपछि शिवसतासी सेमिफाइनलबाटै बाहिरियो। खेलमा उपहार गोलबाट देउमाईले अग्रता बनाएको थियो। १०औँ मिनेटमा डिवक्सभित्रको बल क्लियर गर्ने क्रममा सञ्जित राईले आफनै पोष्टमा गोल गरे। ३२ औँ मिनटेमा भुवन बस्नेतले खेल बराबरीमा ल्याए।

पहिलो हाफ बराबरीमा सकिएको खेलको दोश्रो हाफमा देउमाईले ३ गोल ग¥यो। ५७औँ मिनेटमा विकेश लिम्बूले देव्रे बार च्याप्दै देउमाईलाई अग्रता दिलाए। ६४ औँ मिनटेमा डिबक्स बाहिर पाएको फ्रिकिकलाई जाली चुमाउँदै सुशिल राईले खेल बराबरीमा ल्याए। खेल सकिन १० मिनेट बाकी रहँदा मैदान छिरेको कर्ण लिम्बूले लगातार गोल गरेपछि देउमाईले कम्तीमा १ लाख रुपैयाँ सुरक्षित गरेको हो।

निर्धारित समयको अन्तिम ५ मिनेट बाँकी रहँदा शिवसतासी १० खेलाडीमा सीमित भयो। डिबक्स एरिया नजिकै कर्णलाई फाउल गरेपछि लक्ष्मण वेघा रातो कार्ड पाउँदै मैदान बाहिरिए। १० खेलाडीमा सीमित भएको फाइदा उठाउँदै देउमाईबाट २ गोल भयो। ७७ औ मिनेटमा डिबक्सभित्र पाएको अवसरलाई कर्णले बिना गल्ती गोलमा परिणत गरे। ३–२ गोल अन्तरले पछि परेको शिवसतासीले इन्जरी समयमा चौथो गोल व्यर्होयो। कर्ण फितलो प्रहार साइड बारमा लागेर गोल भयो। ए डिभिजनका खेलाडीसहित मैदान उत्रिएका दुवै टिमबिच कडा प्रतिष्पर्धा भएको थियो।

दुवै टिमले केही राम्रा अवसरहरु खेर फाले। १७ औँ मिनेटमा सुशिल राईको क्रममा भुवन बस्नेतको हेडर बारमा लागेर फर्कियो। ६९औँ मिनटेमा भुवनकै हेडर बल गोलरक्षक खगेन्द्र रिजालले बचाए। ७४औँ मिनेटमा कर्ण लिम्बुले गरेको प्रहार पोष्टमाथीबाट बाहिरियो। देउमाई नगरपालिका क्वाटरफाइनलमा दमक नगरपालिका समयमा उपस्थित नभएपछि वाकओभर पाउँदै सेमिफाइनल प्रवेश गरेको थियो भने शिवसतासीले आयोजकलाई टाइव्रेकरमा ५–४ गोल अन्तरले हराउदै सेमीफाइनल प्रवेश गरेको थियो। प्रतियोगिता अन्र्तगत दोश्रो सेमिफाइनल खेलमा बिहीबार कन्काई नगरपालिकाले डिफेन्डिङ च्याम्पियन मेचीनगर नगरपालिकाको सामना गर्नेछ।

सम्बन्धित खवर