वडा वडामा सहरी स्वास्थ्य केन्द्र, आउने वर्ष सबै वडामा पु¥याउने तयारी छ ः मेयर

वडा वडामा सहरी स्वास्थ्य केन्द्र, आउने वर्ष सबै वडामा पु¥याउने तयारी छ ः मेयर

भीमराज अधिकारी, पथरी

स्थानीय तहको सुन्दर पक्ष भनेको नै राज्यको उपल्लो तहमा रहेको सेवा सुविधा गाउँ गाउँ घरघरमा पु¥याउनु हो । स्थानीय तहको निर्वाचन पछि जनप्रतिनिधिहरु जनतालाई खुसी पर्न तल्लिन रहेका छन् । मोरङको पथरीशनिश्चरे वडा नं. ६ मा पनि बुधबार शहरी स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको छ । बाँकी रहेका वडाहरुमा पनि यही आर्थिक वर्षमा स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने तयारी गरिरहेको नगर प्रमुख दिलिप कुमार राईले बताएका छन् ।

कार्यक्रमको प्रमुख अतिथिका रुपमा रहेका राईले शहरी स्वास्थ्य केन्द्रको रिबिन काटेर स्वास्थ्य जाँच गर्दै उद्घाटन गरेका थिए । सोही समयमा स्थानीय ८१ वर्षीय सरस्वती अधिकारीले पनि स्वास्थ्य जाँच गराएर स्वास्थ्योपचार थालिएको छ । आफ्नै घर छेउमा स्वास्थ्य केन्द्र आएपछि धेरै खुसी लागेको अधिकारीले बताइन् । राईले नगरमा भएका १० वटा वडा मध्ये हाल ६ वटामा स्वास्थ्य सुविधा पुगेको बताए । अबका दिनमा नगरमा बाकीँ रहेका ४ वटा वडाहरु ८, ४, ७ र १० मा पनि आउने आर्थिक वर्षमा नै शहरी स्वास्थ्य केन्द्रबाट सेवा पु¥याउने योजनामा रहेको राईले बताए । आउने आर्थिक वर्षमा सम्भव नभएमा क्रमशः स्वास्थ्य कार्यक्रमलाई अगाडी बढाउने पनि राईले उद्घोष गरे । राईले नगरबाट प्रदान गररहेको सेवा सुविधा र विकास निर्माणका विषयमा निकै लामो फेहरिस्त नै प्रस्तुत गरेका थिए । शिक्षालाई मुख्य प्राथमिकतामा राखेका कारण सबै अभिभावकले सामुदायिक विद्यालयमा नै नानीहरुलाई अनिवार्य रुपमा पढाउन पनि सुझाव दिए ।

वडा अध्यक्ष जय बहादुर राईले वडामा सबै जनतालाई आवश्यक पर्ने सेवा सुविधाका लागि सदैव तयार रहेको बताए । जनताको आवश्यकतालाई आत्मसाथ गर्दै अन्य विभिन्न कार्यक्रम तथा योजना ल्याइने पनि तामाङले बताए । कार्यक्रममा वडा अध्यक्षहरु बाबुराम दाहाल, गोविन्द बहादुर भण्डारी, कपिलमणि ढकाल, प्रमुख प्रशासकीय अधिकृत अम्बिका प्रसाद धमला लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

हाल पशुसेवा कार्यालय भवनको एउटा कोठामा शहरी स्वास्थ्य केन्द्रलाई व्यवस्थापन गरिएको छ । सो कार्यालयमा २ जना कर्मचारी व्यवस्थापन गरिएको छ । अहेवले जिम्मेवारी समहाल्ने गरीको सो केन्द्र प्रमुखमा आशिस गौतम रहेका छन् । केन्द्रले हाल महिला प्रजनन्, ओपिडी सेवा, सर्जरी, टिभीको औषधी, राज्यले दिएको फ्रि मा पाइने ७२ प्रकारका औषधीहरु र अन्य सामान्य रोगहरुको उपचार हुने गौतमले बताए । यो स्वास्थ्य केन्द्रका लागि स्थानीय समाजसेवी मीना ठकुरीले ६ धुर जग्गा समेत दान दिएकी छिन् । सो जग्गामा हाल टिनको छानो भएको १ कोठो ट्रष्टको छाना भएको भवन पनि निर्माण गरिएको छ । सो भवनको व्यवस्थापन पछि केन्द्रलाई हालको स्थानबाट सारिने भएको छ । जग्गा अपुग भएको खण्डमा केही सर्तहरु सहित बाकीँ रहेको ५ धुर जग्गा पनि उपलब्ध गराउने सोचमा रहेको ठकुरीले बताइन् ।

कार्यक्रममा उठ्यो वडा भवनको कुरा

शहरी स्वास्थ्य केन्द्रको उद्घाटन कार्यक्रममा वडा कार्यालयको भवनको विषय पनि उठेको छ । हाल वडा नं. ६ को कार्यालय साविकको हसन्दह गाविस भवनमा ५ नं. वडा कार्यालयसंगै रहेको छ । स्थानीय तह पूनः संरचना आयोगले वडा नं. ६ को कार्यालय मंगलबारे बजारमा हुनुपर्ने तोकेको छ । हालको वडा रहेको कार्यालय ५ नं. वडाको कार्यालय तोकिएको छ । तर हालको कार्यालय भने ६ नं. वडामा पर्दछ । सोही विषयलाई कार्यक्रममा सहभागी स्थानीय गोविन्द लिम्बूले वडाको कार्यालयका विषयमा वडा र नगरको धारणा बुझ्न खोजेका थिए ।

नगर प्रमुख राईले आयोगले तोकिएको भएता पनि बजेट, जग्गा लगाएतका विविध कारणले कुनैपनि वडाको भनेजस्तो तरिकाले कार्यालय व्यवस्थापन गर्न नसकिरहेको बताए । जनताको आशा वढी रहेको र काम गर्ने कुरामा केही अप्ठ्यारो रहेका कारण आगामी दिनमा कार्यालयको समस्या समाधान हुने पनि बताए । त्यसका लागि वडावासी, वडाका प्रतिनिधिले समन्वय र छलफल गर्नुपर्ने बताए । सो विषयमा नगरमा पनि छलफल गरिने राईले बताए ।


सम्बन्धित खवर