साकेला सिली प्रतियोगितामा रतन्छालाई प्रथम स्थान

साकेला सिली प्रतियोगितामा रतन्छालाई प्रथम स्थान

खोटाङ–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा्चिउरीडाँडामा आयोजित बृहत् साकेला सिली प्रतियोगितामा साकेला गाउँपालिका–२ रतन्छाले प्रथम स्थान प्राप्त गरेको छ । जिल्ला तथा जिल्लाबाहिरका २० प्रतिस्पर्धी समूहलाई पछि पार्दै रतन्छाले प्रथम स्थान प्राप्त गरेको हो ।

मङ्गलबार साँझ सम्पन्न प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ दोस्रो र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा तेस्रो भएका छन् । प्रतियोगिताका प्रथम, दोस्रो र तेस्रो हुने समूहलाई क्रमशः नगद रु एक लाख, ७५ हजार र ५० हजारको साथमा प्रमाणपत्र प्रदान गरिएको आयोजक किरात राई यायोक्खा प्रारम्भिक समिति दोर्पा्चिउरीडाँडाका अध्यक्ष सीताराम राईले बताए ।

सम्बन्धित खवर