ईटहरीमा ठूलो परिणामको लागूऔषध सहित मेडिकल संचालक पक्राउ

ईटहरीमा ठूलो परिणामको लागूऔषध सहित मेडिकल संचालक पक्राउ

सुनसरी–सुनसरीको ईटहरी उपमहानगरपालिका २ शान्तिनगरबाट प्रहरीले आज ठुलो परिणामको प्रतिबन्धित लागूऔषध सहित मेडिकल संचालकलाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा दुर्गा मेडिकल हल संचालन गर्दै आईरहेका सुनसरी देवानगञ्ज गाउँपालिका ७ बस्ने बर्ष ४० को बिकाश थान्दारलाई पक्राउ गरेको हो ।

प्रहरीले उक्त मेडिकल पसलबाट अवैध लागूऔषध नाईट्राभेट ३ हजार चक्की, लुपिजेसिक १ सय ९९ एम्पुल, फेनारगन १ सय ९६ एम्पुल र डाईजेल्याव १ सय ९३ एम्पुल बरामद गरेको छ । लागूऔषध सहित पक्राउ परेका मेडिकल संचालक थान्दारलाई इलाका प्रहरी कार्यालय ईटहरीमा राखि थप अनुसन्धान भईरहेको छ ।

 

सम्बन्धित खवर