खाध प्रबिधी तालिम सम्पन्न

खाध प्रबिधी तालिम सम्पन्न

तिलक नेपाली, उर्लाबारी

कृषिमा आत्मनिर्भर बनाउने उदेश्यले उर्लाबारी मोरङको नगरपालिका वडा नं. ४ मा जेष्ठ ११ बाट सुरु भएको ४ दिने खाध प्रबिधी सम्बन्धी तालिम बुधबार सम्पन्न भएको छ ।

उर्लाबारी नगरपालीकाको कृषि शाखाको आयोजनामा संचालित ४ दिने तालिमको समापनसत्रका प्रमुख अतिथि उर्लाबारी नगरपालीका मेयर खड्ग फागोले तालिममा सहभागीलाई शुभकामना व्यक्त गर्दै तालिमबाट सिकेको सीपलाई व्यवहारमा ल्याई स्थानीय स्रोत साधनको प्रयोग गरेर व्यवसायिक रुपमा अघि बढेर आत्मनिर्भर बन्न सुझाब दिनुभयो ।

समापन कार्यक्रममा शुभकामना दिदै नं. ४ का वडा सदस्य डोमनाथ खतिवडाले महिलाहरुलाई सीप सिकेर आत्मनिर्भर बन्न प्रेरित गर्न उर्लाबारी नगरपालिकाबाट चालु आर्थिक वर्षमा यस वडालाई रु. ७५ हजार बिनियोजन गरिएको बताउनु भयो । उर्लाबारी नगरपालिका वडा नं. ४ बाट सुचना प्रकाशित गरेर इच्छुक महिलाहरुले निबेदन दिएपछि वडाबाट ४० जना महिला छनौट गरि गत जेष्ठ १२ गते देखि तालिम सुरु भएको थियो । बुधबार सम्म सञ्चालित तालिम उर्लाबारी ४ को शिबालय मन्दिरको सभाहलमा संचालन गरिएको वडा नं. ४ का वडा सदस्य तथा कार्यपालिका सदस्य कृष्णामाया कडरियाले बताउनु भयो ।

सहभागीलाई ४ दिनसम्म अचार तथा चिप्स बनाउन प्रशिक्षक रन्जना निरौलाले प्रशिक्षण गर्नुभएको वडा सदस्य कल्याण कुमार राईले बताउनु भयो ।


सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: