पथरी, मोरङको पथरी शनिश्चरे १० जिरिखिम्तीस्थित मोरङ्गी खोलाबाट वस्तीको संरक्षण गर्ने कार्यक्रम अन्तर्गत आज तटवन्ध कार्यको शिलान्यास भएको छ ।
नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, कार्यपालिका सदस्य मैनादेवी आचार्य फूँयाल र वडा सदस्य अनोज घिमिरेले संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो ।
नगरपालिकाको २२ लाख ६० हजार, उपभोक्ताको ३ लाख ३९ हजार, उपभोक्ता श्रमदान ९ हजार २ सय २३ गरी कुल २६ लाख ८ हजार २ सय २३ रुपैंयाको लागतमा तारजालीको तटवन्ध निर्माण हुनेछ ।
मोरङ्गी पुल उत्तर २ ठाउँमा तारजालीको स्पर रहने छ । पुल दक्षिण बाँध नजिकबाट खोलाको दुवैतर्फ ५ सय ३९ मिटर ताराजाली जोडिएको स्परको डिल बनाइने उपभोक्ता समिति अध्यक्ष धनबहादुर श्रेष्ठले जनाउनु भयो । डिलको भित्रीभागमा पूर्वतर्फ बाटो समेत बनाउने योजना रहेको जनाउनु भयो ।