पथरीशनिश्चरेले प्रथम कला साहित्य उत्सव गर्दै

पथरीशनिश्चरेले प्रथम कला साहित्य उत्सव गर्दै

पथरी, मोरङको पथरशिनिश्चरेमा प्रथम कला तथा साहित्य उत्सवको आयोजना हुने भएको छ । नगरमा नै पहिलोपटक एभरेष्ट आर्ट फ्युजन अन्तर्गतको कला साहित्य विभागले कला तथा साहित्य उत्सव गर्न लागेको सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

जेठ १८ र १९ गते सिनभिलेज पाटी प्यालेसमा निकै तामझामका साथ कला तथा साहित्य उत्सव हुने भएको छ । १८ गतेको कार्यक्रममा जातीय मौलिक सांस्कृतिक झाँकी प्रस्तुत, मौलिक गीत, नृत्य प्रस्तुत, चित्रकला र मूर्तिकला प्रदर्शन, नगरको कला तथा साहित्यका बारेमा कार्यपत्र प्रस्तुत, नगरका शैक्षिक तथा साहित्यका अगुवा स्व. चन्द्रमान कन्दङ्वा सम्मान तथा विभिन्न प्रहसनहरु रहने जनाइएको छ ।

यस्तै १९ गते हुने कार्यक्रममा मोरङको साहित्यका बारेमा कार्यपत्र प्रस्तुत, प्रदेश १ का प्रतिनिधिमूलक सर्जक (मनु मञ्जिल, जेबी थुलुङ, विवश पोख्रेल, मिन कुमार नवोदित) लगाएतका सृजना प्रस्तुत, मौलिक गीत, नृत्य प्रस्तुत, चित्रकला, मूर्तिकला प्रदर्शन र हाँस्य टेलिश्रृङ्खला दोवाटेको प्रहसन रहने उत्सव समारोहका संयोजक अमिर राईले जानकारी दिए ।

कार्यक्रममा विभिन्न जातजातिका झाँकीले गर्दा अत्यन्तै रमाइलो बनाइने र मौलिक संस्कृतिको जगेर्नामा समेत टेवा पुग्ने सचिव रोहित पराइले जानकारी दिए । नगरले चालु आर्थिक वर्षका लागि एभरेष्ट आर्ट फ्युजनलाई ५ लाख रुपैया विनियोजन गरेको थियो । सो रमक मध्ये २ लाख बराबरको सेरामिक तालिम सम्पन्न भइसकेको छ । बाकीँ रहेको ३ लाख रुपैया बराबरको कला तथा साहित्य उत्सवमा खर्च गरिने आयोजकले जनाएको छ । यो कार्यक्रमका लागि अनुमानित लागत ३ लाख ५ हजार लाग्ने अनुमान गरिएको छ ।


सम्बन्धित खवर