मधुमल्लामा पनि शंकास्पद वस्तु फेला, बम भएकाे अाशंका

मधुमल्लामा पनि शंकास्पद वस्तु फेला, बम भएकाे अाशंका

मधुमल्ला, मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ९ मधुमल्ला बजार छेउमा शंकास्पद बस्तु फेला परेकाे  छ । विहान करिब १०:३० मा बजार देखि २०० मिटरको दुरीमा शंकास्पपद बस्तु फेला परेकाे इलाका प्रहरी कार्यालय मधुमल्लाले जनाएको छ ।

कालाे प्लास्टिकमा बेरिएकाे अवस्थामा साे बस्तु रहेकाे छ । बम नै हुन सक्ने अाशंका प्रहरीले गरेकाे छ । हाल उक्त स्थानलाई प्रहरिले यिन्त्रमाणमा लिएको छ । नेत्रबिक्र चन्द बिप्लब समुहको बन्दका दिन उक्त संकास्पद बस्तु भेटीनुलाई बिप्लब समहुले राखेको हुन सक्ने प्रहरीको अनुमान छ । बम बिस्पोजल टोलीलाई खबर गरीसकेको र बिस्फोजल टोली आए पछी थप कार्य अगाडी बढने इलाका प्रहरी कार्यालय मधुमल्लाका प्रमुख टेकबहादुरा श्रेष्ठले बताए ।

सम्बन्धित खवर