मोरङका १७ वटा स्थानीय तहहरुको बैठक गोकर्ण रिसोर्टमा सम्पन्न

मोरङका १७ वटा स्थानीय तहहरुको बैठक गोकर्ण रिसोर्टमा सम्पन्न

मोरङ–मोरङ जिल्लाका १७ वटा स्थानिय तहहरुलाई अझै बढी सक्रिय तथा क्रियाशिल बनाउँने उद्देश्यले प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकिय अधिकृतहरुको संयुक्त भेला आइतबार सम्पन्न भएको छ । सुन्दरहरैचा नगरपालिकाको आयोजनामा गोकर्ण रिसोर्टको सभाहलमा कार्यक्रम भएको थियो ।भेलामा स्थानिय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा २ ( ठ ) बमोजिम गठित अन्तर स्थानिय तहहरुको साझा सरोकार तथा साझेदारीको विषयमा सहकार्य गर्नेको लागि उक्त भेला आयोजना गरिएको थियो ।

उत्त स्थानीय तहहरुको वृहत भेलामा स्थानिय तहको आ.ब. २०७५र०७६ को बजेट कार्यान्वयन समीक्षा, आ.ब. २०७६र०७७ को बजेट तयारी सम्बन्धमा, प्रदेश समन्वय परिषदको बैठकमा पेश गर्ने सम्बन्धमा वृतह छलफल भएको थियो । साथै अन्तर स्थानिय तहका साझा सरोकारका विषय जस्तै फोहोरमैला व्यवस्थापन, बरुण यन्त्र सञ्चालन, नदिजन्य पदार्थको ठेक्का बन्दोवस्ती , पुर्वाधार उपभोग कर ठेक्का बन्दोबस्ती तथा ऐन , कानुन निर्माणमा एकरुपता सम्बन्धीत लगायत एजेन्डाहरुका बारेमा समेत छलफल गरिएको थियो ।

कार्यक्रममा अधिकांश उपस्थित स्थानिय तहका प्रमुख उपप्रमुखले स्थानिय तहमा रहेका खोला तथा नदिजन्य उत्खननमा स्थानिय तह जिम्मेवारी भई सबै स्थानिय तहमा एकरुपताको कानुन ल्याउनु पर्ने जरुरी भएको बताएका थिए । उपस्थित वक्ताहरुले हाल स्थानिय तहमा बनाइएको शिक्षा नियमावलीमा स्वयम शिक्षकहरुबाट नै असन्तुष्टी पैदा भईरहेकोले शिक्षा क्षेत्रको सुधार र हितका लागि शिक्षा जस्तो संवेदनशिल विषयमा सरोकारवाला व्यक्तिहरुबाट आएका सुझावहरुका आधारमा नियम कानुन बनाउनु पर्नेमा समेत जोड दिएका थिए ।

भेलामा २०७५र०७६ को बजेट समीक्षा कार्यमा अधिकांश स्थानिय तहका प्रमुख उपप्रमुखहरुले करिव ८० प्रतिशत भन्दा बढी योजनाहरु सकिसकेको जानकारी गराएका थिए । वक्ताहरुले प्रत्येक स्थानीय तहमा वरुण यन्त्र अतिआवश्यक भएकोले वरुण यन्त्र राख्ने प्रकृया अघि बढाउन आवश्यक भएको हुंदा सो वारेमा फलफल गरेर सुझाव समेत दिएका थिए । बैठकमा स्थानिय तहका प्रमुख, उपप्रमुखले स्थानिय तहहरुका अधिकार दिनप्रतिदिन खोसिदै गएको कारण स्थानिय तहका सम्पुर्ण सरोकारवालाहरु एक भएर अघि बढनु पर्ने धारणा राखेका थिए ।

बैठकमा सुन्दरहरैंचा नपाका नगर प्रमुख शिवप्रसाद ढकालले प्रदेश र संघिय सरकारले वडाको सिफारिसको भरमा केही व्याक्तीको प्रभावमा परेर टुक्रे योजनामा तल्लिन रही नगरलाई वेवास्ता गरेको कारण नगरको अधिकारलाई खुम्चाएको हुनाले यो नीति र संविधान सम्वत नभएकोले अब स्थानीय तहहरु एक हुनु पर्ने अवस्था भएको बताए । उनले भेलाले मोरङका १७ वटा स्थानिय तहको समीकरणलाई स्थानिय तह साझा सरोकार मञ्च मोरङ भनेर नामाकरण समेत सर्वसहमतिले पारित गरेको जानकारी गराउँदै प्रत्येक २ महिनाको ३ गते भित्रमा नियमित बैठक बसेर खोलानाला , कर , बाटोघाटो , फोहोर मैला, ऐन कानुन लगायत नगरको समस्याको वारेमा छलफल गरेर प्रदेश र संघिय सरकारलाई सुझाव दिई समन्वय समेत गर्ने जानकारी दिए । कार्यक्रम बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर