भुल्के सिमसारमा कोरियाली टोलीको चासो

भुल्के सिमसारमा कोरियाली टोलीको चासो

पथरी, कोरियाली टोलीले मोरङको पथरी शनिश्चरेमा अवस्थित सिमसार क्षेत्रको प्रवद्र्धनमा चासो देखाएको छ ।

कोरियाली अधिकारी मिस्टर गिलो सङको अगुवाईमा एनके प्यानलका प्रेसिडेन्ट डीएल नेम्वाङ, मेनेजिङ डाइरेक्टर भीम सम्वाहाम्फे सहितको टोलीले आज पथरी शनिश्चरे १ स्थित भूल्के शान्ति सिमसारको अवलोकन गरेको छ । नगर प्रमुख दिलिपकुमार राईले नगर क्षेत्रमा दर्जन वढी सिमासार वन्ने क्रममा रहेको जनाउँदै वन सहितको सिमसार पर्यटनले नगरको चिनारी झल्काउन सहयोगीहरुसँग सहकार्यका लागि नगरपालिका तयार रहेको वताउनु भयो ।

कोरियाको ‘इन्चन’ बजार र पथरीशनिश्चरेबीच भगिनी सम्वन्धको पहलका क्रममा टोली आएको हो । टोलीले नगरको मनोरञ्जन सहितको पर्यटन क्षेत्रको सम्भाव्यता बारेमा अवलोकन गरी त्यहाँको सरकारसँग प्रतिवेदन पेश गर्ने टोली सदस्य भीम सम्वाहाम्फेले जनाउनु भयो ।

कोरियाली सरकारको टिमले झापाको शिवसताक्षी नगरपालिकामा भनें एनके प्यानलमार्फत काम सुरु गरेको उल्लेख छ ।


सम्बन्धित खवर