सामाजिक कार्यमा पाथिभरा मिडिया ग्रुप प्रवास, पिडितलाई ७६ हजार सहयोग

सामाजिक कार्यमा पाथिभरा मिडिया ग्रुप प्रवास, पिडितलाई ७६ हजार सहयोग

मोरङ, पाथिभरा मिडिया ग्रुप प्रवास सामाजिक कार्यमा जुट्न थालेको छ । पछिल्लो पटक भोजपुरको आमचोक गाउँपालिका वडा नं. ६ की किशोरी सविना कुँवरलाई आर्थिक सहयोग गरेको छ ।

बाल्यकालमा नै आगोमा परेर खुट्टा गुमाएकी सविनाले सहयोगको याचना गरेपछि पाथिभरा मिडिया ग्रुप आर्थिक संकलनमा सक्रिए भएको थियो । सविनाको परिवारको आर्थिक अवस्था पनि निकै नाजुक रहेको पाइएको छ । सविनाले आफुले खुट्टा गुमाएका कारण राम्रोसंग अध्ययन गर्न समेत नसकेको गुनासो गरिन, “डाक्टरले छिट्टै सर्जरी गर्नु पर्छ भनेका छन् “उनले गहभरी आँसु पार्दै भनिन” भनेजती पैसा छैन के गर्ने ? मिडियाको क्षेत्रमा औधि रुची राख्ने उनी यतिबेला उपचार गरिदीने सहयोगी मनहरुको रहेकी छिन् ।

सविनाको सहयोगको याचना पछि २०७० सालमा स्थापना भई विभिन्न कार्यक्रम संघ संस्था खेलकुद र रेडियोसँग सहकार्य गर्दै दुःखी पिडितलाई सहयोग गर्दै आएको पाथीभरा मिडिया ग्रुप प्रवाश नेपालले कुँवरको उपचारको लागी चासो देखाएको थियो । उनको उपचारका लागि ग्रुपले ७६ हजार ४०४ रुपैया सङ्कलन गरेर शनिवार एक कार्यक्रमको आयोजना गरेर हस्तान्तरण गरिएको ग्रुपका दित्तीय उपाध्यक्ष अविनास पौडेलले जानकारी दिए ।


सम्बन्धित खवर