काठमाडौं बम विष्फोटमा ३ जनाको ज्यान गयो, घटना स्थलमा विप्लवको पर्चा भेटियो

काठमाडौं बम विष्फोटमा ३ जनाको ज्यान गयो, घटना स्थलमा विप्लवको पर्चा भेटियो

काठमाडौं, आइतबार काठमाडौंका २ ठाउँमा भएका विस्फोटमा ३ जनाको ज्यान गएको छ । अन्य ६ जना घाइते भएका छन् । घटना स्थलमा नेत्र विक्रम चन्द (विप्लव)को पर्चा समेत भेटिएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

सुकेधारामा भएको बम विस्फोटमा परी २ जनाको मृत्यु भएको छ । यस्तै घट्टेकुलोमा भएको विष्फोटमा परेर १ जनाको ज्यान गएको नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोख्रेलले जानकारी दिएका छन् ।

सुकेधाराको विस्फोटमा घाइते भएका ५ जनाको ओम अस्पतालमा र घट्टेकुलोमा घाइते भएका १ जनाको वीर अस्पतालमा उपचार भैरहेको पनि पोख्रेलले जानकारी दिए ।

प्रहरीले घटना विप्लव नेतृत्वको नेकपाले गराएको पनि प्रारम्भिक अनुमान गरेको छ । ‘घटनास्थल हेर्दा उनीहरुले त्यहाँ पड्काउने योजना बनाएको जस्तो देखिन्न, बस्तीभित्र बम बनाएर बाहिरै लगेर पड्काउने योजना बनाएको देखिन्छ, यद्यपि पुरै जानकारी लिने प्रयासमा छौं’, वरिष्ठ प्रहरी उपरीक्षक ज्ञवालीले जानकारी दिए ।


सम्बन्धित खवर