मुख्यमन्त्री राई–भौतिक संरचना र कर्मचारी अभावले सरकार सञ्चालनमै समस्या

मुख्यमन्त्री राई–भौतिक संरचना र कर्मचारी अभावले सरकार सञ्चालनमै समस्या

धरान–प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भौतिक संरचना र कर्मचारीको अभावका कारण प्रदेश सरकारलाई हरेक काम संचालनमा समस्या आएको बताएका छन्।

शनिवार सुनसरीको धरान उपमहानगरपालिका ६ स्थित पानवारीमा वाणिज्य बैंकको शाखा उद्घाटन गर्दै उनले उक्त कुरा बताउका हुन्। कर्मचारी समायोजनका कारण प्रदेश मातहतका सबै सरकारी निकायमा कर्मचारीको चरम अभाव भएका कारण जनताका काम छिटो छरितो रुपमा सम्पन्न गर्न कठिनाई भएको मुख्यमन्त्री राईले बताए।

उनले प्रदेश मन्त्रालय र प्रदेश १ का १४ जिल्लाका स्थानीय निकायमा समेत दरबन्दी अनुसारका कर्मचारी नहुँदा सरकार संचालनमा गम्भीर समस्या उत्पन्न हुनुका साथै सरकारले सोचे अनुसार काम गर्न नसकेको गुनासो गरे।

उनले केन्द्र सरकारले प्रदेशलाई दिने बजेट अत्यन्तै कम भएका कारण प्रदेश १ का सरकारी कार्यालयमा भौतिक पूर्वाधार तयारीमा अठिनाइ भएको उनको भनाइ छ। अन्य प्रदेश भन्दा प्रदेश १ हरेक काममा अगाडि बढेपनि केन्द्र सरकारले दिने बजेट कम भएका कारण निर्माणमा समस्या भएको उनको भनाइ छ।

प्रदेशलाई आर्थिक, भौतिक र सामाजिक हिसाबले समृद्ध बनाउनका लागि प्रयाप्त बजेट, कर्मचारी र भौतिक संरचनाको आवश्यक भए पनि त्यो नहुँदा काम गर्न समस्या भएको उनको भनाइ छ।

सम्बन्धित खवर