शनिश्चरेमा मोटरसाईकलले साईकललाई ठक्कर दिदाँ ३ जना घाईते

शनिश्चरेमा मोटरसाईकलले साईकललाई ठक्कर दिदाँ ३ जना घाईते

अर्पना केशी, पथरी
मोरङको पथरीशनिश्चरे ९ मा शनिवार मोटरसाईकल दुर्घटनामा ३ जना घाईते भएका छन् । शनिश्चरेको मनमोहन गान्धी मार्गमा भएको दुर्घटनामा कानेपोखरी ३ हरर्कपुरबाट आउदै गरेको मे १ प २९०७ नं को मोटरसाईकलले विपरीत दिशाबाट जाँदै गरेको साईकललाई ठक्कर दिदाँ दुर्घटना भएको प्रहरी चोकी कुशेचौरीले जानकारी दिएको छ ।

घाईते हुनेहरुमा पथरी शनिश्चरे ९ का साईकल यात्री ३५ वर्षीय सुनिल बस्नेत, मोटरसाईकल चालक ५१ वर्षीय जयनन्द राउत र ५४ वर्षीय नेत्र भट्टराई घाईते भएका हुन । ठक्कर दिने मोटरसाईकल र साईकल दुवैलाई शनिश्चरे प्रहरी चौकी कुशेचौरीले नियन्त्रण लिएको छ । घाईते ३ जनालाई नै अहिले उपचारको लागी शनिश्चरे डाईगोनोष्टीक सेन्टर शनिश्चरेमा राखिएको छ ।


सम्बन्धित खवर