मेस्सीलाई छैटौँ पटक युरोपियन गोल्डेन बुट

मेस्सीलाई छैटौँ पटक युरोपियन गोल्डेन बुट

लिओनल मेस्सीले करियरको छैटौँ पटक युरोपेली गोल्डेन बुट हात पारेका छन। मेसीले स्पेनिस ला लिगाका ३४ खेल खेल्दै ३६ गोल गरेका थिए ।

युरोपका लिगहरुमध्ये सर्वा्धिक गोलकर्तालाई प्रदान गरिने अवार्डमा दोस्रो स्थानमा पीएसजीका युवा फरवार्ड किलियन एमबाप्पे रहे । यो अवार्ड जित्ने होडमा रहेका एमबाप्पे अन्तिममा चुक्न पुगे । शुक्रबार राति भएको लिगको अन्तिम खेलमा राइम्ससँग ३–१ को हार बेहोर्दा एमबाप्पेले १ गोल मात्र गरेपछि उनलाइ पछि पार्दै मेस्सीले यो अवार्ड जितेका हुन।

मेस्सीले लगातार तेस्रो पटक जित्दा स्पेनिस लिगका खेलाडीले यो अवार्ड जितेको यो लगातार ११ औं सिजन हो । यसअघि सन् २००७र०८ मा क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडबाट ३१ गोल गर्दै अवार्ड जितेका थिए ।

सम्बन्धित खवर