आरोहरणको क्रममा दुई माउण्टेन गाइडको मृत्यु

आरोहरणको क्रममा दुई माउण्टेन गाइडको मृत्यु

हिमाल आरोहरणको क्रममा दुई माउण्टेन गाइडको मृत्यु भएको छ । आरोहणको क्रममा शुक्रबार दुई आरोहीको मृत्यु भएको हो । मृत्यु हुनेमा चर्चित माउन्टेन गाइड ध्रुव विष्ट र निमा तेन्जिङ शेर्पा रहेका छन् । विष्टको सगरमाथा आधार शिविरमा अत्यधिक चिसोका कारण मृत्यु भएको हो भने अर्का गाइड निमा तेन्जिङको मकालु हिमाल आरोहणका क्रममा मृत्यु भएको हो ।

सगरमाथाको तेस्रो आधार शिविरमा बिरामी परेका उनलाई तलतिर ल्याउन क्रममा स्वास्थ्य झन् कमजोर बन्दै गएको थियो । सेभेन समिट ट्रेकका मिङ्मा शेर्पाले दिएको जानकारी अनुसार उनी हिमाल आरोहणबाट फर्केर दोस्रो आधार शिविरमा आइपुग्दा विरामी भएका थिए । यी दुईको मृत्युसंगै यो वर्ष ८ हजार मिटर भन्दा माथिको उचाइमा मृत्यु हुनेको आरोहीको संख्या १८ पुगेको छ ।

सम्बन्धित खवर