आशिषको नेतृत्वमा बाल संजाल गठन

आशिषको नेतृत्वमा बाल संजाल गठन

उर्लाबारी, युवा जागरण नेपालको आयोजना तथा उर्लाबारी नगरपालीको सहयोग र वडा नं. १ को समन्वयमा शुक्रवार आशिष विश्वकर्माको अध्यक्षतामा १३ सदस्यीय वडा स्तरीय बाल क्ल्ब संजाल गठन भएको छ।

उर्लाबारी नगरपालिका वडा नं. १ को शारदा माध्यमिक बिधालयको शभाहलमा भएको कार्यक्रमबाट उपाध्यक्षमा सरु श्रेष्ठ, सचिबमा पुजा दाहाल, सह–सचिबमा प्रतिमा बस्नेत कोषाध्यक्षमा दिपसन निरौला,र सदस्यहरुमा राकेश दनुवार, निकिता माँझी, देबिका राना मगर, सन्ध्या लिम्बु , बशन्त दनुवार, समिक्षा मिश्र, नेहा बराईली र प्राप्ती बिश्वकर्मा सर्बसम्मत चयन भएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि उर्लाबारी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मचिन्द्र कुमार कार्कीले नव निर्वाचित वडा बाल संजाललाई शुभकामना व्यक्त गर्दै यस बर्ष वडाबाट संजाल गठन कार्यक्रमका लागी रु २० हज़ार रुपैया बिनीयोजन गरीएको बताउनु भयो। वडाबाट आागामी बर्ष बालबालिकाको क्षेत्रमा आवश्यक सहयोग तथा बजेटको व्यवस्था गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रमका बिशिष्ट अतिथि समाजसेवी तथा युवा जागरण नेपालका प्रमुख सल्लहाकार जयधर्म आचार्य, वडा सदस्य सन्तकुमारी बि.क., गम्भीर प्रधान, शारदा मा. बि.का प्रधानाध्यापक सुर्य दाहाल लगायतले शुभकामना व्यक्त गरेका थिए ।

उर्लाबारी १ का ५ वटा निजी तथा सामुदायिक बिद्यालयको बाल क्लबका प्रतिनिधी सहित ५५ जनाको उपस्थिती रहेको थियो । सो कार्यक्रम युवा जागरण नेपालका सचिव तिलक नेपाली र सह–सचिव भीमराज अधिकारीको सहजीकरणमा सम्पन्न भएको थियो ।



सम्बन्धित खवर