मङ्गलबारे अस्पताललाई प्रदेश सरकारले ट्रमा सेन्टरको रूपमा विकास गर्ने

मङ्गलबारे अस्पताललाई प्रदेश सरकारले ट्रमा सेन्टरको रूपमा विकास गर्ने

उर्लाबारी–मोरङको उर्लाबारी नगरपालिका –३ स्थित मङ्गलबारे अस्पताललाई १ नम्बर प्रदेश सरकारले ट्रमा सेन्टरको रूपमा विकास गरेर अगाडी बढाउने भएको छ ।प्रदेशको सामाजिक विकास मन्त्रालयले विशेषयज्ञ प्राविधिक सहितको कन्सलटेन्ड परिचालन गरि डिपिआर तयार पारि अस्पताललाई ट्रमा सेन्टरको रूपमा विकास गर्न काम अगाडी बढाएको हो ।

प्रदेश सरकारको योजना अनुसार मङ्गबारे अस्पताललाई ट्रमा सेन्टरको रूपमा विकास गरेर अगाडी बढाउन गत वर्षदेखि कामको सुरूवात भएको प्रदेशको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । ‘गत वर्षदेखि मंगलबारे अस्पतालाई ट्रमा सेन्टरमा रूपमा विकास गर्न अहिले कामहरू भइरहेको छ,’ उनले भने, ‘भवन निमार्णको काम करिब पुरा भएको छ । संरचनाहरू बन्ने क्रममा छन् ।’ ट्रमा सेन्टरको लागि संरचनाहरू निमार्ण कार्य पुरा गरि आगामी आर्थिक वर्षदेखि संचालनमा ल्याउने प्रदेश सरकारको योजना रहेको छ ।

‘१ सय वार्डको ट्रमा सेन्टर संचालन गर्ने प्रदेश सरकारको योजना हो,’ मन्त्री घिमिरले भने, ‘संचालनमा आउने ट्रमा सेन्टरमा पूर्व पश्चिम राजमार्ग दुर्घटनमा परि घाइते हुने विरामीहरू तत्काल उपचार गर्न यहाँ आउनेछ ।’ ट्रमा सेन्टरमा सुचारु हुने चिकित्सव सेवाहरू प्रभावकारी हुने बताइएको छ । मन्त्री घिमिरेले प्रदेश सरकारको मतहतमा १५ वटा जिल्ला अस्पतालहरू रहेको जानकारी दिदै उनले तहगत रूपमा विरामीहरूको उपचार हुने बताए । जीवन शैली सुधार गरि सरकारी अस्पताललको स्तर उन्नती गर्न पनि प्रदशे सरकार अहिले लागि परेको उनको भनाई थियो ।

नेपाल प्रेस इन्च्यिुट क्षेत्रिय संन्चार स्रोत केन्द्रको संयोजनमा मोरङ र सुनसरीमा रहेर स्वास्थ्य क्षेत्रमा लेख्दै आएका पत्रकाहरूलाई दिएको अभिमुखिकरण कार्यक्रममा बोल्दै मन्त्री घिमिरेले प्रदेशको पहाडी जिल्लाहरूमा शिक्षा र स्वास्थ्यमा विशेष योजनाहरू सरकारले ल्याएको बताए । ‘धनकुटमा शिक्षण अस्पताल र इलाममा उच्च स्तरको अस्पताल संचालन गर्ने सरकारको लक्ष्य रहेको छ,’ मन्त्री घिमिरेले भने ।

झापा, मोरङ र सुनसरीमा रहेको चार वटा आर्यूवेद हस्पिटलको सेवालाई प्रभावकारी बनाउँदै गुणस्तरी सेवा प्रदान गर्न सरकारले निर्देशन दिएको छ । प्रदेश सरकारले आयूर्वेदको रिसर्च सेन्टर तीन ठाउँमा खोेल्ने योजना बनाएको छ । तराई, पहाड र हिमालको प्रत्येक ठाउँमा गरि तीन ठाउँमा रिर्सच सेन्टर खोल्ने तयारी सरकारले गरेको मन्त्री घिमिरले जानकारी दिए ।

सम्बन्धित खवर