भोजपुरमा ढुङ्गाले किच्दा महिलाको मृत्यु

भोजपुरमा ढुङ्गाले किच्दा महिलाको मृत्यु

भोजपुर–भोजपुरको षडानन्द नगरपालिका वडा नम्बर १४ बोयामा ढुङगाले किच्दा एक महिलाको ज्यान गएको छ । स्थानीय ६० वर्षीय सिता बुढाथोकीको घाँस काट्ने क्रममा माथीबाट झरेको ढुङगाले लागेर ज्यान गएको हो । खुट्टा च्यापिएर गम्भीर घाईते भएकी बुढाथोकीको उद्धारका क्रममा विहिवार वेलुका मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिइएको छ ।

सिताको शव चेप्पीएको ढुङगा प्रहरी र स्थानीएले मात्र हटाउन नसकेपछी स्काई भेटरको सहायताले हटाइएको थियो । मृतक बुढाथोकीको शव आवश्यक कानुनी पक्रिया पुरा गरी पोस्टमार्टमका लागि संखुवासभा पठाइएको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर