प्रदेश स्तरीय उपराष्ट्रपति चिल्ड्रेन गेम्स सम्पन्न

प्रदेश स्तरीय उपराष्ट्रपति चिल्ड्रेन गेम्स सम्पन्न

विराटनगर–पूर्वाञ्चल खेलकुद विकास समितिद्वारा आयोजित प्रदेश १ स्तरीय उपराष्ट्रपति चिल्ड्रेन गेम्स शुक्रबार विराटनगरमा सम्पन्न भएको छ ।

प्रतियोगिताअन्तर्गत करातेको छात्रतर्फ सुनसरीका साइमन राई, पाँचथरका दिवस काम्वाङ, झापाका ओस्कारमान श्रेष्ठ, मोरङका एलिस राउत, झापाका अतिम राई र उदयपुरका लक्की कँडेल छनोट भए भने छात्रातर्फ मोरङकी निशा तामाङ, सुनसरीकी सनीक्षा चौधरी, झापाकी पूर्णिमा मुर्मु, पाँचथरकी तारा काफ्ले, इलामकी मिसुम राई र सुनसरकी एसिका तामाङ छनोट भए ।

त्यस्तै एथलेटिक्स छात्रतर्फ मोरङका रोहित विश्वास, झापाका शिवदास मणि, झापाका मंगल बेस्रा, सुनसरीका रुपेश राम र संखुवासभाका सागर शंकर छनोट भए भने छात्रातर्फ झापाकी रितिशा राजवंशी, सुनसरीकी कृतिमा चौधरी, संखुवासभाकी जेनिसा विक, इलामकी भूमिका दाहाल, मोरङकी नुमा लिम्बू छनोट भए ।

उसु छात्रतर्फ मोरङका एलिस मारिक, झापाका निकुञ्ज चौधरी, मोरङका सौगात लामा, सुनसरीका सुगत तामाङ, मोरङका चिरञ्जीवी राई र झापाका निशान दर्जी छनोट भए भने छात्रातर्फ मोरङकी कृत्रिका राई, सुनसरीकी दिलु साही, मोरङकी निर्जल कठायत, झापाकी प्रतिमा राई, मोरङकी एन्जल पौदार र झापाकी सम्झना विक छनोट भए ।

कबडीमा मोरङबाट मो. शमशेर आलम, मो. शहबाज आलम, विजय मण्डल र शहजाता आलम, उदयपुरबाट सुनील चौधरी र गणेश पौडेल, सुनसरीबाट रोहितकुमार यादव र रोहित यादव, झापाका सन्दीप राजवंश र धनकुटाका प्रनिल मगर छनोट भए ।

त्यस्तै तेक्वान्दो छात्रतर्फ उदयपुरका रोशन चौधरी, सुनसरीका सुशान्त थापा, खोटाङका नरेश मल्ल, मोरङका नाम्सा राई, झापाका पृतु राई, उदयपुरका श्रवण माझी तथा छात्रातर्फ उदयपुरकी मनिता खत्री, धनकुटाकी हेना ठाकुर, उदयपुरकी कञ्चन राई, झापाकी प्रज्ञा काफ्ले, इलामकी जेलिना राई छनोट भए ।

त्यसैगरी टेबलटेनिसको छात्र सिंगलमा रेहान्त बस्नेत प्रथम, सौगात कोइराला द्वितीय, सुनिल लिम्बू र रोशन साह तृतीय भए भने छात्रा एकलमा अन्जली ठाकुर प्रथम, शोनम ठाकुर द्वितीय, आस्था चौधरी र रुवी मेहता तृतीय भए ।

सम्बन्धित खवर