इटहरी उपमहानगरमा कर्मचारीले गरे कार्यालय बन्द

इटहरी उपमहानगरमा कर्मचारीले गरे कार्यालय बन्द

पथरी, इटहरी उपमहानगरपालिकाका कार्यालय कर्मचारीले बन्द गराएका छन् । कार्यालय परिसर बाहिर कर्मचारीहरुको बाक्लो भिड लागेको बताइएको छ ।

उपमहानगरपालिका भरिका सम्पूर्ण कर्मचारीहरुले कार्यालय बन्द गरेर नगर परिसर बाहिर आन्दोलन गर्ने तयारीमा छन् । कार्यालय परिसर बाहिर कर्मचारीको बाक्लो भिड लागेपछि सुरक्षाका लागि शशस्त्र प्रहरी खटिएको जनाइएको छ । कार्यालय नखुल्दा सेवाग्राहीहरु मर्कामा परेका छन् ।

उपमहानगरपालिकाका मेयर चौधरीले इटहरी १९ का वडासचिव मनोज दाहाल र उपमहानगरपालिकाका सब ओभरसियर राम खड्कामाथि हातपात गरेपछि उपमहानगरमा तनाव सुरु भएको हो । मेयर चौधरीले सोही हातपातको विषयमा रिपोटिङ गर्न गएका पत्रकारमाथी पनि अभद्र व्यवहार गरेका थिए ।



सम्बन्धित खवर