संचार विधयेकको कांग्रेसले सदनमा विरोध गर्छ ः डा. शशांक कोइराला

संचार विधयेकको कांग्रेसले सदनमा विरोध गर्छ ः डा. शशांक कोइराला

भीमराज अधिकारी, पथरी
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सदनमा पेस भएको संचार विधयेकका विषयमा कांग्रेसले सदनमा कुरा गर्ने बताएका छन् । मंगलबार मोरङको सुनवर्षी २ अमरदहमा आयोजित प्रदेश स्तरीय तेस्रो अमरदह ढल्के जोवन गोल्डकपमा आएका कोइरालले यस्तो कुरा बताएका हुन् ।

पत्रकारहरुको प्रश्नमा कोइरालले भने “लोकतन्त्रको सुन्दर पक्ष भनेको नै स्वतन्त्रता हो त्यसैले सदनमा पेस भएको यो विधयेकले पत्रकारहरुलाई जुन तरिकाले बन्देज लगाउने काम गरेको छ कांग्रेस त्यसको विरोध गर्दछ । प्रेस माथि बन्देज लगाएर सरकारले जुन गलत गरेको छ त्यसको हामी भ्रत्सना गर्छौँ र सदनमा कुरा उठि नै रहेको छ यस विषयमा हामी सदनमा गम्भिर रुपमा कुरा उठाउँछौँ ।”

हाल सदनमा पेस भएको संचार कार्यविधिले प्रेसको घाँटी निमोठ्न खोजेको भन्दै देशैभरका पत्रकारहरु चरणबद्ध आन्दोलनमा रहेका छन् । नेपाल पत्रकार महासंघको नेतृत्वमा कालो पट्टि बाँध्ने, संचार सामग्री सहित सडक प्रदर्शन लगाएतका आन्दोलनका चरण पुरा भएको छ । महासंघले आगामी कार्यक्रमहरु पनि सार्वजनिक गरिसकेको छ ।


सम्बन्धित खवर