नेकपाको किल्लामा विश्व प्रकासको गर्जन ः हामी देश बेचेर सुनको टोपी लाउँदैनौँ

नेकपाको किल्लामा विश्व प्रकासको गर्जन ः हामी देश बेचेर सुनको टोपी लाउँदैनौँ

भीमराज अधिकारी, पथरी
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पाट्रि प्रवक्ता विश्व प्रकास शर्माले देश बेचेर सुनको टोपी लाउन नेपाली तयार नरहेको बताएका छन् । के.पी शर्मा ओलीको नेतृत्वमा रहेको वर्तमान सरकारले देश बेचेर जनतालाई सुनको टोपी लगाउन भनेको शर्माले बताए ।

कांग्रेसको राष्ट्रिय जनजागरण अभियान अन्तर्गत क्षेत्रीय पाट्रि प्रशिक्षण कार्यक्रमको समापनमा मोरङको क्षेत्र नं. ३ कानेपोखरी आएका शर्माले यस्तो कुरा बताएका हुन् । यस क्षेत्रबाट नेकपाबाट निर्वाचित सांसद भानुभक्त ढकाल कानुन मन्त्री समेत रहेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले भने “वर्तमान सरकारले अरबौँको विदेशी ऋणमा रेल र पानी जहाजको ठुला ठुला सपना बाँढी रहेको छ । देशले थेग्नै नसक्ने गरीको ऋण लिएर रेलको सपना देखाउने अनि त्यही ऋण तिर्न नसकेर आफनो देशको जमिनमा अर्काको देशको झन्डा फहराउदाँ हाम्रो शिर कस्तो हुन्छ । त्यसैले देश बेचेर सुनको टोपी लाउने पक्षमा नेपाली जनता छैन्न । बरु देशका कुना कुनामा सडक बनाइदेउ भनेको समयमा हस्पिटल पुग्न सकियोस ।”

सरकारले जनतालाई आसैमात्र देखाउने तर काम भने सिन्को नभाँच्ने गरेको शर्माले बताए । देशको अहिले सम्मकै शक्तिसाली सरकार लिएर बसेको नेकपाले जनता ढाँट्न बाहेक केही नजानेको शर्माको भनाइ थियो । कांग्रेसको जागरण अभियानले धेरै कुराहरुमा सुधारको बाटो लिएको पनि शर्माले बताए । कार्यक्रममा हुने अनावश्यक खर्च देखि लिएर समयको व्यवस्थापनमा समेत कांग्रेसले ध्यान दिएको उनको भनाइ थियो । सबैले कांग्रेसले निर्वाचनमा पराजय ब्यहो¥यो भनेर चिन्ता नलिन पनि आग्रह गरे । शर्माले भने “कांग्रेसले नहारेको भए कम्युनिष्टको खोल ओढेका ढोंगीहरुको असली रुप नेपाली जनताले देख्न पाउँदैन थिए । त्यसैले कांग्रेसले हारेको पनि ठिकै छ । अब यिनीहरुका असली रुप देखिएको छ ।” कसैले पनि नआत्तिकन पाट्रिको सिद्धान्तमा रहेर सबै जनतालाई जागरुक बनाउन पनि शर्माले आग्रह गरे ।

भिडियो

 


सम्बन्धित खवर