भोजपुरमा प्रहरी र कार्यकर्ता बीच गोली चल्दा घाइते भएका कार्यकर्ताको उपचारको क्रममा मृत्यु

भोजपुरमा प्रहरी र कार्यकर्ता बीच गोली चल्दा घाइते भएका कार्यकर्ताको उपचारको क्रममा मृत्यु

भोजपुर—मंगलबार प्रहरीको गोली लागेर घाइते भएका चन्द समूहका कार्यकर्ता तीर्थराज घिमिरेको उपचारको क्रममा बुधबार मृत्यु भएको छ । भोजपुरको टेम्केमैयुङ्ग गाउापालिका–१ स्थित मैयुङ्ग जङ्गलमा मंगलबार दिउँसो प्रहरीको गोली तिघ्रामा लागेर घाइते भएका थिए ।
घिमिरेको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीले जानकारी दिए । उनको तिघ्रामा गोली लागेको थियो ।

षडानन्द नगरपालिका–२, कुदाककाउलेका ३२ वर्षीय घिमिरे चन्द समूहका संगठित सदस्य हुन् ।जंगलमा लुकीछिपी बसेका नेक्रवित्रम चन्द समूहका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको थियो । गस्तीमा पुगेका जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयका प्रहरीमाथि नै गोली हान्न खोजेपछि प्रहरीले जवाफी फायरिङ गरेको हो ।

धोत्लेखानी जंगलमा हतियारसहित ३० ३५ जनाको समूहमा चन्द कार्यकर्ता बसेर स्थानीयमा त्रास फैलाएको सूचनाको आधारमा प्रहरीले गस्ती गरेको थियो। गस्तीको अघिल्लो टोलीमाथि घिमिरे आइलागेका थिए, त्यसपछि प्रहरीले गोली हानेकोप्रहरी निरीक्षक राजवंशीले बताए। अन्य कार्यकर्ता भने भागेका छन्। उनीहरुको खोजी भइरहेको प्रहरी निरीक्षक राजवंशीले जानकारी दिए।

घटनास्थलबाट प्रहरीले १ थान पेस्तोल, ५ थान गोली, बाइनोकुलर १, डेटोनेटर, तार २० मिटर, बारुदसहित विस्फोटक पदार्थ बरामद गरेको छ । त्यस्तै चन्द नेतृत्वको नेकपाका दस्तावेज समेत फेला पारिएको छ।

सम्बन्धित खवर