सगरमाथामा कामिरिताको अर्को विश्व रेकर्ड २४औं पटक आरोहण

सगरमाथामा कामिरिताको अर्को विश्व रेकर्ड २४औं पटक आरोहण

सोलुखुम्बु–सगरमाथा आरोही कामी रिता शेर्पाले सर्वा्धिक २४औं पटक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर विश्व रेकर्ड राखेका छन् । ४९ वर्षे शेर्पाले आफ्नै रेकर्ड उछिन्दै मंगलबार बिहान आरोहण गरेका हुन् ।

यससँगै शेर्पाले पछिल्लो एक सातामै दुई पटक सगरमाथा आरोहण समेत गरे । यो पनि अर्को रेकर्ड हो । गत मे १५ मा उनले २३औं पटक सगरमाथा आरोहण गरेका थिए ।
आरोहणपछि शेर्पाले आफ्नो जीवनमा आरोहणबाट बिश्राम लिने कुनै योजना नरहेको प्रतिक्रिया दिएका छन् । शेर्पाले २३औं पटक आरोहण गर्नुअघि मिडियासमक्ष आफू ६० वर्षको उमेरसम्म आरोहण गर्नसक्ने बताएका थिए ।

सन् १९९४ मा शेर्पाले पहिलो पटक सगरमाथा आरोहण गरेका थिए । त्यससँगै उनी अन्तर्रा्ष्ट्रिय कम्पनीका लागि गाइडको रुपमा काम गर्दैआएका थिए । यद्यपि उनले पेशाको दौरानमा कहिल्यै रेकर्ड राख्नेबारे नसोचेको बताएका थिए ।

सम्बन्धित खवर