पाँचथरमा दुई परिवारका नौ जनाको विभत्स हत्या, शंका गरिएको ज्वाइँ नै मृत फेला

पाँचथरमा दुई परिवारका नौ जनाको  विभत्स हत्या, शंका गरिएको ज्वाइँ नै मृत फेला

पाँचथर–मिक्लाजुङ ३ आरुबोटेमा आज राती ९ जनाको हत्या भएको छ । आरुबोटे ३ को वडा कार्यलय छेउमा सो घटना भएको हो । धन राज शेर्माको ५ जना परिवार र बमकुमार फियाकको ४ जनाको हत्या भएको छ ।

हत्या गरिएकाहरुमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम प्राप्त नभएकी बहबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको हो । १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । उनी गम्भीर घाइते छन् । मध्यरात भएको घट्ना स्थानीयले विहान मात्रै थाहा पाएका थिए । घाइते सीताले स्थानीयलाई दिएको जानकारीअनुसार मखुन्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरि सबैको हत्या गरेको थियो ।

घट्नास्थलमा दशमीबजार स्थित प्रहरी चौकीको टोली विहान ६ बजे मात्र पुगेको थियो । ९ जनाको विभत्स हत्या भएको केही घण्टामा सोही गाउँपालिकाको वडा नम्बर ७ मा युवकको शव भेटिएको छ ।जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरका अनुसार स्थानीय शव मानबहादुर माखिमको शव रुखमा झुण्डिएको अवस्था फेला परेको हो ।हत्या गरिएका ७४ वर्षीय बमबहादुर फियाकका ज्वाइँ रहेको प्रहरीले जनाएको छ । ९ जनाको विभत्स हत्यापछि ज्वाइँ मानबहादुर माखिमले आत्महत्या गरेको आशंका छ । अहिले घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालेको छ ।

हत्यामा एकै जना ब्यक्तिले गरेको प्रहरीको पारम्भिक अनुसन्धानले देखाएको छ । पारिवारिक विवादका कारण हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको हो ।पारिवारिक विवादले गर्दा सम्वन्ध चिसिएकोले हत्या भएका फियाक कान्छा ज्वाईँ हुन् । जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रमुख डीएसपी नरेन्द्र कुँवरले पनि घटनामा एक जनाको मात्रै संलग्नता हुनसक्ने देखिएको बताए । उनले भने, ‘हामी अहिले शव भेटिएको स्थलतिर जाँदैछौं तर, शव भेटिनुअघि नै उनी संदिग्ध रुपमा हाम्रो दायरामा आएका व्यक्ति हुन् ।’

ती झुण्डिएका मानबहादुर माखिमको शव मिक्लाजुङ–८, लुमाङ्दिनमा रुखमा झुण्डिएको अवस्थामा भेटिएको छ । ज्वाई माखिमको ससुराली परिवारसँग राम्रो सम्बन्ध थिएन । ‘ पछिल्लो समय श्रीमती सँग सम्वन्ध राम्रो नभएपछि सम्बन्ध विच्छेद गर्न चाहेकी थिइन’, स्रोतले भन्यो । घटनाको अनुसन्धानका लागि हाल काठमाडौंबाट केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एसपी उमाप्रसाद चर्तुवेदी नेतृत्वको टोली पनि त्यसतर्फ गइसकेको छ ।

सम्बन्धित खवर