पथरीमाशनिश्चरेमा मेसिनबाट दुना टपरी

पथरीमाशनिश्चरेमा मेसिनबाट दुना टपरी

पथरी, मोरङको पथरी शनिश्चरे २ स्थित चौतारी सामाजिक उद्यमी महिला सहकारी संस्थाको आयोजनामा दुना टपरी सम्वन्धी ५ दिने तालिम सोमबार देखि सुरु भएको छ ।

पथरीशनिश्चरे नगरपालिकाको सहयोगमा २ वटा मेसिन सहित तालिमको व्यवस्थापन गरिएपछि सो सहकारी संस्थाका महिलाहरु उत्साहित भएर परिमार्जित शैलीमा दुना टपरी बनाउन तम्तयार भएका छन् ।

एक कार्यक्रमकाबीच नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोलाले तालिमको उद्घाटन् गर्दै महिलाहरुलाई दक्ष र आत्मनिर्भर बनाउन नगरले यस प्रकारका महिला लक्षित कार्यक्रमहरु अघि बढाएको बताउनु भयो । उहाँले अव ढाकातानको तालिम समेत सुरु गरिने जनाउनु भयो ।

कार्यक्रममा, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमला, नगर प्रवक्ता एवम् २ नम्वर वडाध्यक्ष यामप्रसाद गुरागाईं, मदन भण्डारी स्मृति प्रतिष्ठानका सामाजिक विकास अधिकत रुद्रबहादुर तामाङ सहितको उपस्थिती रहेको थियो ।

सहकारीका २ सय संख्याका सदस्य सहभागि रहेको तालिममा श्रमिक दुना टपरी काठमाडौंका अध्यक्ष रामप्रसाद पाण्डेका साथै नुमाकान्त भुसाल र वीरेन्द्र बोहोराले सहजिकरण गर्नुभएको छ ।

सम्बन्धित खवर