सुनवर्षीमा युवा लक्षित तालिम उद्घाटन, २ सय युवालाई स्वरोजगार बनाउने मेयर दासको उद्घोष

सुनवर्षीमा युवा लक्षित तालिम उद्घाटन, २ सय युवालाई स्वरोजगार बनाउने मेयर दासको उद्घोष

बीरेन्द्रकुमार साह, सुनवर्षी
मोरङको सुनवर्षी नगरपालिकाका मेयर कालिप्रसाद दासले युवा लक्षित कार्यक्रमको उद्घाटन गरेका छन् । दासले सोेमबार एक कार्यक्रमका विच २ सय जना युवालाई स्वरोजगार बनाउने उद्घोष गरेका छन् ।

नगरमा रहेका २ सय जना युवाहरुलाई विभिन्न सीप मुलक तालिम दिएर आत्मनिर्भर बनाउन उदेश्यले आज ‘शिप विकास प्रशिक्षण तथा विक्री केन्द्रको र युवा लक्षित सीम मुलक तालिमको एकसाथ उद्घाटन गरेका हुन् । दासले नगरपालिका भित्र रहेका युवाहरुलाई विभिन्न सीप तथा तालिम दिने नगरभित्र नै रोजगारिको वातावरण सिर्जना गर्ने बताए ।

‘शिप विकास प्रशिक्षण केन्द्रमा महिला तथा पुरूषहरुलाई विभिन्न बिधाको सीपमुलक तालिम दिने उद्देश्य रहेको छ । सीप विकास प्रशिक्षण केन्द्रमा पहिलो चरणमा ५० जना भन्दा बढी महिलाहरूलाई सिलाइ कटाइ सम्बन्धी तालिम दिने समेत दासले बताए ।पहिलो चरणमा तालिम संचालन गर्न नगरपालिकाले २२ वटा सिलाइ कटाइ मेसिन पनि खरिद गरेको छ ।

नगरपालिकामा यस्तो खालको तालिम आयोजना गरेकोमा आफुहरु निकै नै खुशी भएको तालिममा सहभागीहरुले बताए ।

सिलाई कटाई तालिमा पिछडा वर्ग, आदीवासी जनजाति, दलित सामुदायिका महिलाहरू समेट्ने नगरपालिकाको योजना छ ।
नगरपालिका भित्र रहेका महिला तथा पुरूषहरूका लागि सीप विकास प्रशिक्षण केन्द्रमा वाइरिङ्ग, ब्यूटिपार्लर, अगरवत्ती, मैनवक्ती बनाउने लगायतको विभिन्न सीप मुलक तालिम दिने बताइएको छ । नगरपालिकाले सीप मुलक तालिम दिएर आत्मनिर्भर बनाउन ५० लाख रुपैयाँ नगर परिषदबाट बजेट विनियोजन गरेको थियो ।


सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: