सुनसरीमा खोलामा डुबेर एक जनाको मृत्यु

सुनसरीमा खोलामा डुबेर एक जनाको मृत्यु

सुनसरी–सुनसरीको ईटहरी उप–महानगरपालिका २ मा रहेको बौकाबौकी खोलामा डुबेर १ जनाको मृत्यु भएको छ ।

आईतवार राती स्थानीय ४९ बर्षीय ध्रुब बि.क. उक्त खोलामा गई घुंगी मार्ने क्रममा पानीमा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । घटनास्थलमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट गएको प्रहरी टोलीले कानूनी प्रकृया पूरा गरी शव पोष्टमार्टमको लागि बि.पी.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ । घटनाको बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर