विराटनगरमा ३ जना युवा लागूऔषध सहित समातिए

विराटनगरमा ३ जना युवा लागूऔषध सहित समातिए

बिराटनगर–मोरङको विराटनगर महानगरपालिका ११ शनि मन्दिर नजिकबाट प्रहरीले लागूऔषध सहित आज २ जनालाई पक्राउ गरेको छ । बिहान साढे ८ बजेको समयमा सि.आर.भी. केसलियाबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित ईटहरी उप–महानगरपालिका ४ बस्ने वर्ष ३४ को सुवाष घिमिरे र बर्ष २५ को अनिष श्रेष्ठलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले प्रतिबन्धित लागूऔषध फेनारगन १० एम्पुल, लुपिजेसिक १० एम्पुल, एभिल १० एम्पुल र डाईजेल्याव १० एम्पुल बरामद गरेको छ । पक्राउ परेका दुवै जनालाई वडा प्रहरी कार्यालय विराटनगरमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यस्तै, बिराटनगर महानगरपालिका १५ रानीबाट आईतवार दिउँसो प्रतिबन्धित लागुऔषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो बिराटनगर बाट खटिएको प्रहरी टोलीले बिराटनगर १४ का १९ बर्षीय दिपेश सिंह ठकुरीलाई डाईजेल्याब ३ एम्पुल, फेनारगन ३ एम्पुल, एभिल ३ एम्पुल र लुपिजेसिक ३ एम्पुल सहित पक्राउ गरेको हो । पक्राउ परेका सिंहलाई ईलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर